‘सरकार अधिनायकवादको बाटोमा हिँड्दैछ’

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले सरकार अधिनायकवादको बाटोमा हिँडेको बताएका छन्। उनले चितवनमा ज्ञानेन्द्र शाहीमाथी भएको सांघातिक आक्रमणले सरकार फासिस्टको हुँदै गएको स्पष्ट भएको बताए । सरकार कानून बनाएर नागरिक स्वतन्त्रता खोस्न उद्यत रहेको बताउँदै मुलुकमा पञ्चायती व्यवस्थाको पुनरावृत्ति हुन थालेको जीकिर गरे।

‘कानुन बनाएर मुलुकमा तानाशाही व्यवस्था लाद्न खोजिँदैछ, नागरिक स्वतन्त्रता खोसिँदैछन्,’ काठमाडौं क्षेत्र नम्बर ४ ले आइतबार आयोजना गरेको कार्यक्रममा प्रतिनिधिसभा सांसदसमेत रहेका कांग्रेस नेता थापाले भने, ‘सरकार अधिनायकवादको बाटोमा अगाडि बढेको छ। संसदमा प्रस्तुत विधेयकले पनि त्यसको स्पष्ट संकेत गर्छ।’

उनले चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणलाई फासिस्टको संज्ञा दिए। व्यक्ति असल होला या खराव, तर नेपाली नागरिकले आफ्नो भूमिमा विचार राख्दा सरकारद्वारा संरक्षित व्यक्तिबाट ज्यान लिने गरी आक्रमण भएको छ, उनले भने, ‘सरकार फासिस्ट बन्दै गएको छ।’

समावेशीताका हिसाबले नेकपा पूर्वएमालेजस्तो भएपनि शासन शैलीले तत्कालीन माओवादी केन्द्रको प्रभाव देखिएको नेता थापाले बताए।

सम्बन्धित खवर

Back to top button