सवारी दुर्घटनामा परी दुबईमा ६ नेपालीसहित ८ जनाको मृ’त्यु

काठमाडाैं : सवारी दुर्घटनामा परी दुबईमा ६ नेपालीसहित ८ जनाको मृ’त्यु भएकाे छ । सोमबार बिहान भएको सडक दुर्घटनामा परी ६ जना नेपालीसहित ८ जनाको मृ’त्यु भएकाे हाे । दुर्घटनामा परी अन्य ६ जना गम्भीर घाइते भएका छन्।

दुबई पुलिसले दिएको प्रारम्भिक समाचार अनुसार सोमबार बिहान मोहम्मद बिन जायद रोड मिनीबस दुर्घटना हुँदा ती नेपालीको ज्यान गएको गल्फ न्यूजले प्रकाशित गरेको समाचारमा उल्लेख छ। तर मृतक नेपालीहरूको पहिचान खुलिसकेको छैन। दुबई पुलिसका निर्देशक ब्रिगादिएर सैफ मुहाएर अल माज्रोइका अनुसार मिनी बस अर्को ट्रकको पछाडि ठोक्किँदा शेख मोहम्मद बिन जायद रोडमा एकापसमा जुध्न पुग्दा नेपालीसहितको हताहती भएको समाचारमा जनाइएको छ ।

दुर्घटनाका क्रममा ट्रकसँग ठोक्किएको मिनीबस पुरै क्षतिग्रस्त भएको छ। मृतक र घाइतेहरूलाई उद्धार गरेर स्थानीय रसिद अस्पताल लगिएको थियो। दुर्घटनामा परेको मिनीबसले १३ जना यात्रु बोकेको थियो। घाइतेहरूको रशिद अस्पतालको इमरजेन्सी वार्डमा राखेर उपचार भइरहेको छ ।अन्य मृतकमा पाकिस्तानी र भारतीय नागरिक रहेका छन्। घाइते हुनेहरूमा एकजना बंगालदेशी र ५ जना भारतीय नागरिक रहेका छन्। दुर्घटनामा मिनीबस चालकको पनि ज्यान गएको छ ।

सम्बन्धित खवर

Back to top button