दशैं नजिकिँदै गर्दा तस्करी बढ्न थालेपछि सीमा सुरक्षामा कडाई

मलंगवा : वडा दशैं नजिकिँदै गर्दा तस्करी बढ्न थालेकाे भन्दै प्रहरी प्रशासनले सीमा सुरक्षाको चेकजाँचमा कडाई गरेको छ । जिल्लाको विभिन्न नाकाहुँदै चाडपर्वको समयमा तस्करी बढ्दै गएपछि प्रहरीले सीमापारिबाट आउने र सीमापारि जाने सवारी साधनको चेकजाँचमा कडाई गरेको हाे ।

प्रहरी प्रशासनलाई छलेर भारतबाट नेपाल र नेपालबाट भारततर्फ सामान तस्करी गर्न थालेकाे देखाएपछि प्रहरी प्रशासनले चेकजाँचमा कडाई गरेका हाे । चाडपर्वको समयमा बढी तस्करी हुनेभएपछि चेकजाँचमा कडाई गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

जिल्लाको विभिन्न नाकामा अहिले सादा पोशाकमा प्रहरी परिचालन गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी उपरीक्षक गोपाल चन्द्र भट्टराईले जानकारी दिए । ५१ किलोमिटर लामो सीमामा १४ स्थानमा नेपाल प्रहरीले चेकपोष्ट खडा गरेको छ । सशस्त्रले ६ स्थानमा चेक प्वाइन्ट बनाएर सुरक्षा दिँदै आएको प्रहरीले उपरीक्षक भट्टराईले जनाए ।

चाडपर्वको समयमा राजमार्ग छेउछाउमा हुने अपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि विशेष सुरक्षा गस्ती परिचालन गरेको प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए । त्यसैगरी कालोबजारी रोक्नका लागि नियमित अनुगमन समेत गर्न थालिएको छ । औषधि पसल, तरकारी बजार र किराना पसलमा विशेष अनुगमन हुँदै जिल्ला प्रशासन कार्यालयले जनाएकाे छ ।

सम्बन्धित खवर

Back to top button