सभामुखलाई जवरजस्ती करणीकाे आराेप लगाउँने महिलाले मानिनन् स्वास्थ्य परीक्षण गर्नः कोठाबाट शंकास्पद सामान बरामद


काठमाडौं : प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरालाई जवरजस्ती करणीकाे आराेप लगाउँने महिलाले स्वास्थ्य परीक्षण मानिनन् नमानेकाे तथ्य बाहिरिएकाे छ । उनकाे कोठाबाट भने प्रहरीले शंकास्पद वस्तु बरामद गरेको छ । जवरजस्ती करणीकाे आरोप लागेपछि सभामुख महराले पदबाटसमेत राजीनामा दिइसकेका छन्।
सभामुख महरा र ती महिलाबीच आइतबार बेलुकाको भएको घटनालगत्तै महिलाले १०० फोन गरेर प्रहरी बोलाएकी थिइन् । प्रहरी टोली पुग्नासाथ महरा निवासतर्फ फर्केका थिए भने प्रहरीले घटनास्थलको फोटो खिच्ने र सम्बन्धित शंकास्पद सामग्री बरामद गरेर फर्केको थियो। घटना सञ्चार माध्यमहरूमा पुगेको र घटनाले थप उचाइ लिएपछि प्रहरीले मंगलबार पनि ती महिलाको कोठाबाट सम्बन्धित शंकास्पद बस्तु बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तम सुबेदीले जानकारी दिए।



उनका अनुसार पीडित महिलाले अहिलेसम्म प्रहरीमा उजुरी दिएकी छैनन् । प्रहरीमा उजुरी गर्नुअघि पीडित महिलाको स्वास्थ्य परीक्षण गर्नुपर्ने भए पनि उनी स्वास्थ्य परीक्षण गर्न नमानेकी बताइएकाे छ । पीडित महिलाले सोचेर तथा सल्लाह गरेर निर्णय लिने बताएको उनले बताए । जवरजस्ती करणीकाे आरोप लाग्नेमा महरा नेपालकै पहिलो उच्च पदस्त व्यक्ति हुन् । महरालाई जवरजस्ती करणीकाे आरोप लागेसँगै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालयको आकस्मिक बैठकले सभामुख महराले राजीनामा दिनुपर्ने निर्णय गरेको थियो। त्यसलगत्तै महराले उपसभामुख शिवमाया तुम्बहाम्फेलाई राजीनामा बुझाइसकेका छन्।