नेपालमा चिनियाँ विशेष टोली आउँदा विमानस्थल २ घण्टा बन्द

काठमाडौं : नेपालमा चिनियाँ विशेष टोली आउँदा विमानस्थल २ घण्टा बन्द भएको छ । राष्ट्रपति शी जिनपिङको भ्रमण तयारीका लागि बेइजिङबाट विशेष टोली काठमाडौं आइपुगेको हो । बोइङ ७४७–८०० विमानमार्फत् चिनियाँ विशेष टोली अनुगमनका लागि काठमाडौं आउँदा त्रिभुवन विमानस्थल २ घण्टा बन्द भएको हो ।

विशेष टोली दिउँसो पौने २ बजे काठमाडौं आएसँगै २ घण्टाका लागि विमानस्थल बन्द गरिएको हो । आवश्यक सुरक्षा तयारीको अनुगमन र नेपाली अधिकारीहरुसँग परामर्शका लागि टोली काठमाडौं आएको बताइएको छ ।

टोली अवतरण गरेसँगै विमानस्थल बन्द गरिएको विमानस्थल सुरक्षा प्रहरीका एक अधिकृतले जानकारी दिएका छन्।

त्रिभुवन विमानस्थलको सानो रनवेमा ठूलो विमान अवतरण गरेकाले अन्य विमानलाई अवतरण र उडानमा २ घण्टा रोकिएको विमानस्थल प्रशासनले जनाएको छ ।

सम्बन्धित खवर

Back to top button