संसद्लाई औपचारिक रुपमा सभामुखको राजीनामा बारे जानकारी


काठमाडौं : प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले दिएको राजीनामाको जानकारी संसद् सचिवालयले औपचारिक रुपम गराएको छ । संसद् सचिवालयका सचिव डा. भरतराज गौतमले सूचना प्रकाशित गर्दै महराको राजीनामाबारे जानकारी गराएका हुन्।
‘उपसभामुखको आदेशअनुसार प्रतिनिधिसभाको नियमावली, २०७५ को नियम २११ को उपनियम २ बमोजिम सूचना प्रकाशन गरिएको छ’ सचिवालयले बुधबार निकालेको सूचनामा उल्लेख छ।



संसद् सचिवालयले सभामुख महराले राजीनामा दिएको बारे आज औपचारिक रुपमा जानकारी गराएको हो । महरामाथि संसद सचिवालयमै कार्यरत कर्मचारीमाथि बलात्कार गरेको आरोप लागेको थियो । उक्त आरोपपछि महराले मंगलबार उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा बुझाएका थिए ।
नियमावलीअनुसार संसद् बैठक चल्दा अध्यक्षता गर्ने व्यक्तिले राजीनामा पढेर सुनाउनुपर्छ बैठक नभएको अवस्थामा भने सूचना प्रकाशन गर्नुपर्ने हुन्छ ।