मोटरसाइकल दुर्घटना परि श्रीमतीको मृत्यु श्रीमान घाइते

मकवानपुर ,१७ असोज हेटौँडा उपमहानगरपालिका-१, चाइना क्वार्टरमा शुक्रबार बिहान ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परि अर्का एक जना घाइते भएका छन् । नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना ८ ख ३८७२ नम्बरको ट्याङ्करले चाइना क्वार्टरबाट बजारतर्फ निस्कँदै गरेको ना ५६ प ४९३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।

मोटरसाइकलमा श्रीमान श्रीमती सवार थिए । ट्याङ्करको ठक्करबाट हेटौंडा–१, चाइना क्वार्टरकी ३५ वर्षीया सीता न्यौपानेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । ठक्करबाट उहाँका श्रीमान ४५ वर्षीय शशि न्यौपाने घाइते हुनु भएको छ ।

सम्बन्धित खवर

Back to top button