दशैंमा राष्ट्रपतिले मन्त्री, प्रदेश प्रमुख, संवैधानिक निकायका प्रमुख लगाएत सर्वसाधारणलाई टीका लगाइदिने

काठमाडौं । दशैंमा राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वसाधारणलाई टीका लगाइदिने भएकी छन् । २१ गते दशमीको दिन १ बजेदेखि २ बजेसम्म मन्त्री, प्रदेश प्रमुख, संवैधानिक निकायका प्रमुख लगायतलाई टीका लगाइदिने छिन् ।

सर्वसाधारणलाई भने २ः३० बजेबाट एक घण्टा टीका लगाइदिने राष्ट्रपति कार्यालयले जनाएको छ । यस अघिपनि दशैंमा राष्ट्रपति भण्डारीले उच्च पदस्त ब्याक्ति सहित सर्व साधारणलाई टिका लगाउदै आएकी थिइन।

अघिल्लो बर्षमा केहि उच्च पदस्त ब्याक्ति हरुलाई टिका लगाउने क्रममा टिका थाप्न पुगेका ब्याक्ति हरु राष्ट्रपति संग टिका थाप्ने क्रममा उनीहरुको बसाई शैलीले राष्ट्रपति सहित टिका थाप्ने हरुको आलोचना भएको थियो।

राष्ट्रपतिको हुकुमी शैली, जन निर्वाचित भए पनि राजा महाराजाको जस्तो शैली भएको भन्दै राष्ट्रपतिको आलोचना भएको थियो।

सम्बन्धित खवर

Back to top button