स्काभेटरले लियो पैदलयात्रुको ज्यान


डडेल्धुरा : स्काभेटरले किचेर डडेल्धुरामा एकजनाको ज्यान गएको छ । आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको ज्यान गएको हो ।
आइतबार राति ५२ वर्षीय मानबहादुर बोहरालाई स्काभेटरले कि’चेको जिल्ला प्रहरी कार्याल, डडेल्धुराले जनाएको छ। परशुराम नगरपालिकाको जोगबुडाबाट डोटीको बुडरतर्फ आइरहेको बा २ क ५४६४ नम्बरको स्काभेटरले कि’च्दा पैदल यात्री बोहराको घटनास्थलमै मृ’त्यु भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।



चालकको ला’परवाहीले घटना भएको स्थानीयको दाबी छ। स्काभेटरले परशुराम नगरपालिकाका प्रमुख भीमबहादुर साउदको निर्माण कम्पनी राजेन्द्र निर्माण सेवा प्रालि, कैलालीको रहेको जनाइएको छ।
स्काभेटर चालक शेरबहादुर महरा फ’रार रहेका छन्। उनको खोजीकार्य तीव्र पारिएको डीएसपी न्यौपानले जानकारी दिए।