प्रहरी कार्यालय भित्रै म’दिराका बोतल

चितवन : प्रहरी कार्यालय भित्र नै म’दिराका बोतल फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवन प’रिसरभित्र म’दिराका वोतल फेला परेका हुन्। कार्यलयको सेवाग्राही जाने शौचालयनजिक विभिन्न ब्रान्डका म’दिराका बोतल यत्रतत्र फालिएको अवस्थामा फेला परेका हुन् ।

बिहीबार म’दिराका बोतल देखेपछि तस्बिर खिच्ने क्रममा पत्रकार केदार शर्मा र सूर्य बराललाई प्रहरीले केही समय नि’यन्त्रणमा लिएको थियो। आफूहरूलाई करिब ४५ मिनेट निय’न्त्रणमा लिएर रि’हा गरेको पत्रकार शर्माले बताए।

प्रहरीले शर्माको मोबाइल खो_सेर मोबाइलमा खिचेको तस्बीर ५०समेत डिलिट गरेका थिए। पत्रकार शर्मा न्युज २४ चितवन संवाददाता हुन भने बराल भण्डाफोर डटकमका संपादक हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले घट्ना सामान्य रहेको बताए। प्रहरीेले स्पष्ट जानकारी नदिएकाले म’दिराको बोतल कसरी, कस्ले प्रहरी कार्यालय प’रिसरमा लग्यो भन्नेबारे भने केही खुल्न सकेको छैन।

सम्बन्धित खवर

Back to top button