एनआरएनएको मतगणना जारी

काठमाडौं : विवा’दका बाबुजुद गैरआवासीय नेपाली संघ (एनआरएनए)को निर्वाचन सम्पन्न भइ मतगणना भैरहेको छ। बिहीबार राति ११ बजेदेखि मतगणना सुरु भएको हो । निर्वाचन आयुक्त शिव रिजालका अनुसार रातिदेखि अफ्रिका र ओसिएनको मतगणना भैरहेको हो । पहिलो चरणको मतपरिणाम केही बेरमा आउंँने निर्वाचन आयुक्त रिजालले बताए ।

निर्वाचनमा दुई हजार ५७० मतदाता रहेकोमा दुई हजार ३४० मत खसेको छ । बुधबार विद्युतीय मेसिनबाट मतदान गर्ने प्रक्रिया नमिलेपछि बिहीबार मतपत्रबाट मतदान भएको हो । यस निर्वाचनबाट आगामी दुई वर्षको लागि नेतृत्व चयनका हुनेछ ।

एनआरएनएको नेतृत्वका लागि कुल आचार्य र कुमार पन्त प्यानलबीच प्रतिस्पर्धा भएको छ । केही पदमा भने निर्विरोध निर्वाचित भइसकेका छन्। मतदानकै विषयमा अभद्र क्रियाकलाप समेत भएका थिए ।

सम्बन्धित खवर

Back to top button