चीनमा आजबाट सातौँ विश्व सैनिक खेलकुद शुरु, नेपाल पहिलोपटक सहभागी


काठमाडौंं :शुक्रबारदेखि चीनमा सातौँ विश्व सै’निक खेलकूद प्रतियोगिता चीनमा शुरु हुने भएको छ । इन्टरनेशनल मि’लिटरी स्पार्टस् काउन्सिल (सिआइएसएम) को समयन्वयमा यस पटकको गृष्मकालीन विश्व सै’निक खेलकूद प्रतियोगिता चिनियाँ जनमु’क्ति सेनाले आयोजना गरेको हो।
प्रतियोगितामा भाग लिन १०५ देशका उच्चस्तरीय प्रती’रक्षा अधिकारी, सै’निक र खेलाडी उहान पुगेका छन्। प्रत्येक चार वर्षमा हुने उक्त प्रतियोगितामा नेपाली से’नाले पहिलोपटक भाग लिएको छ।



विश्वका सै’निकबीचको खेल प्रतियोगितालाई ठूलो तथा शक्तिराष्ट्रले निकै चासोका साथ हेर्ने गरेको पाइन्छ । खेल विधामा ४० नेपालीसहित विश्वका १० हजार ७१९ सै’निक खेलाडीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा गरिसकेको काउन्सिलका पदाधिकारीको बैठकपछि जनाइएको छ । उहान शहर होलहरु अहिले विदेशी खेलाडीले भरिभराउ भएको छ।
मस्कट ‘वीङवीङ’ अर्थात् समुद्री माछा चयन गरिएको यो प्रतियोगितालाई सातौँ शान्ति खेलकूद नामाकरण गरिएको छ। नेपालसहित विश्वका १०५ मुलुकमा १० हजार ७१९ खेलाडीको सहभागिता रहेको यो सै’निक खेलकूद प्रतियोगिता कात्तिक १० गतेसम्म सञ्चालन हुनेछ।
खेलकूद प्रतियोगितालाई ओलम्पिकपछिको दोस्रो ठूलो खेलकूद महोत्सवका रुपमा लिने गरिन्छ । प्रतियोगितामा दुई प्रदर्शनी खेलसहित २७ खेल समावेश गरिएको छ। प्रतियोगितामा विभिन्न विधा र समूहमा गरी ३२८ वटा प्रतिस्पर्धा हुनेछन्। आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वर्ण पदक विजेता र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछन्।
विश्व शान्ति कार्यमा व्यावसायिक, साहसिक र अनुशासित सुर’क्षा फौ’जको रुपमा ख्याति कमाएको नेपाली से’ना मुलुकको खेलकूद क्षेत्रको ‘राष्ट्रिय च्याम्पिन’ हो। उहान शहरको १२ वटा स्थानमा प्रतियोगिता सञ्चालन हुनेछ।
प्रतियोगिता सञ्चालन हुने सबै स्थानमा मोटरबाट ३४० मिनेटभित्रै पुग्न सकिने दूरीमा रहनेछन्। ट्राइथलन भने ७९ किलोमिटर क्षेत्रसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा विजयी खेलाडीलाई प्रदान गरिने पदकलाई ‘शान्ति र मैत्रीका तारा’ नाम दिइएको छ भने ट्रफीलाई ‘शान्तिको प्रतीक’को संज्ञा दिइएको बताइएको छ ।