निवर्तमान सभामुख महरा पुन: अदा’लतमा


काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महरालाई आइतबार काठमाडौं जिल्ला अदा’लतमा उपस्थित गराइएको छ । सहकर्मीमाथी यौ’न दुर्व्य’हार गरेको आ’रोप लागेका महरालाई सरकारी वकिल कार्यालय काठमाडौंमा बया’न सकिएपछि साँझ ५ बजे जिल्ला अदा’लत पुर्याइएको हो।
प्रहरीले घ’टनाबारे थप अनुस’न्धानका लागि म्या’द थप्न महरालाई अदा’लतमा उपस्थित गराएको हो। स्वास्थ्यमा स’मस्या देखिएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको छ । यसअघि असोज २८ गते जिल्ला अदा’लतमा उपस्थित गराएका महरालाई ३ दिन म्या’द दिइएको थियो । थप भएको म्या’द शुक्रबार सकिएपछि सरकारी वकिल कार्यालयमा ब’यान सकाएर आज पुन: अदा’लत पुर्याइएको हो ।



प्रहरीले घ’टनाबारे महरासँग अझै ब’यान पूर्ण गर्न सकेको छैन। बि’रामी परेको भन्दै अस्पताल भर्ना भएपछि ब’यानको प्रक्रिया लम्बिएको हो। संसद सचिवालयका महिला कर्मचारीमाथि बला’त्कारको प्रयास गरेको आरो’पमा महरालाई असोज १९ गते सभामुख निवासबाटै प्रहरीले प’क्राउ गरी महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखेको थियो । उनलाई सन्चो नभएपछि अस्पताल भर्ना गरिएको हो।
महराविरुद्ध संसद् सचिवालयमा कार्यरत रोशनी शाहीले आफूलाई बला’त्कार प्रयास गरेको आ’रोप लगाएकी छन् । महरासँग पारिवारिक सम्बन्धमा रहेकी ती महिलाले असोज १८ गते शनिबार महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कि’टानी जा’हेरी दिएकी थिइन्।








