विश्व राजनीतिको बदलिदो परिदृश्य:


दोस्रो वि’श्वयुद्ध पछि विश्वका राष्ट्रहरु मुलतः दुई ध्रुवमा विकसित भएका थिए । संयुक्त राज्य अमेरीकाबाट नेतृत्व गरीएको पूँजीवादी राष्ट्रहरुको समूह र तत्कालीन सोभियत संघबाट नेतृत्व गरिएको साम्यवादी राष्ट्रहरुको समूह विश्वमा ति दुई शक्ति राष्ट्रहरुको समूहको उदय भएपछि विश्वमा दुई शक्ति समूह बीच होडवाजीको सुरुवात भयो । त्यसै होडवाजीलाई शितयुद्धको रुपमा पनि लिने गरिन्छ । सन् १९९० मा सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्भाचोभले खुल्लापनको नीति लिएपछि सोभियत संघमा आबद्ध १५ वटा राज्यहरु लेनिनको जाति (राष्ट्र) हरुको आत्म निर्णयको अधिकारको सिद्धान्तको आधारमा १५ वटै छुट्टा छुट्टै राज्यमा विभाजित भए । सोभियत संघको वि’घटन भएपछि रुसि महासंघले संयुक्त राज्य अमेरिकासँग सहकार्य गर्दै पूजीवादी नीतिको अनुसरण गर्न थाले । विश्व दुई ध्रुवीय (Bipolar)बीचबाट एक ध्रुवीय (Unipolar) मा परिणत हुन पुग्यो । तापश्चात संयुक्त राज्य अमेरिका विश्वको मुख्य शक्ति राष्ट्रको रुपमा उदियमान हुन पुग्यो ।
साम्यवादी राष्ट्रहरुको नेतृत्वदायी राष्ट्र सोभियत संघ वि’घटन भएपछि पनि विश्वमा साम्यवादी मान्यता राख्ने राष्ट्रहरु अस्तित्वमा रहिरहे । त्यसमध्ये क्युवा, उत्तरकोरिया आदी राष्ट्रहरुले क्रा’न्तिकारी सिद्धान्त र विचारलाई नै अंगिकार गरिरहे भने चीन, भियतनाम लगायतका राष्ट्रहरुले सुधारवादी, समाजवादी सिद्धान्त अंगाल्न थाले । अर्का तिर कट्टरपन्थि इस्लामिक राष्ट्रहरु इरान, इराक, लिविया, सिविया लगायतका राष्ट्रहरुले आफ्नो छुट्टै इस्लामिक शक्ति राष्ट्र को पहिचान र अस्तित्वको लागि प्रयासरत रहिरहे । शीतयु’द्धको समाप्ती पश्चात विश्व संयुक्त राज्य अमेरिका केन्द्रित एक ध्रुवीय विश्वमा रुपान्तरित भएपछि पनि विश्वमा राजनीतिक विचार, वर्ग, जाति, वर्ण लगायतका सवालहरुमा द्व’न्द्वहरु जारी नै रहे । मध्यपूर्वमा इजरायल र प्यालेष्टाइन बीचको द्व’न्द्व, श्रीलङ्कामा तमिलहरुको वि’द्रोह, रुसमा चेचेनहरुको वि’द्रोह, भारतमा नक्सलवादी, पृथकवादीहरुको द्व’न्द्व, पेरुमा साइनिङ्ग पाथको वि’द्रोह, कङ्गोमा हुतु र तुत्सी जातिबीचको द्व’न्द्व आदि उल्लेखनिय रहयो । स्वयंम् संयुक्त राज्य अमेरिकाले नै आफ्नो अनुकुलको शासनसत्ता स्थापित गर्न ‘विद्रोही समूह खडा गरि समाजवादी सरकारकोविरु’द्ध ल’ड्न प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग पुर्याएको थियो ।



सन् २००२ सेप्टेम्बर ११ मा ओसामाबिन लादेन नेतृत्वको इस्लामिक संगठन अल कायदाले वासिङ्गटन स्थित अमेरिकी विदेश मन्त्रालयको भवन पेन्टागनमा ह’मला गरेपछि विश्व राजनीतिमा नयाँ त’रंग उत्पन्न गर्यो । तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुसले ब्रिटेन लगाएतका राष्ट्रसँग समेत सैन्य एलाएन्सको निर्माण गरि आ’तंकवाद वि’रुद्ध यु’द्धको घोषणा गरे । ओसामा विन लादेनको ह’त्या पश्चात आ’तंकवादी गतिविधी केही म’त्थर भएपनि अ’न्त्य भने भएन । त्यस्तै अमेरिकाले संयुक्त राष्ट्रसंघ सु’रक्षा परि’षदबाट समेत ना’काबन्दिको प्रस्ताव पारित गरी उत्तर कोरिया, इरान, क्युवा जस्ता अमेरिकी नीति वि’रोधी राष्ट्रहरुमा आर्थिक ना’काबन्दी लगाउँदै आएको देखिन्छ । पछिल्लो समयमा चीनमा भएको व्यापक आर्थिक वृद्धिदरले गर्दा अमेरीको आर्थिक एकाधिकार क्रमशः धरा’यासी हुँदै गयो । त्यस्तै रुस, भारत, दक्षिण अफ्रिका, ब्राजिल जस्ता नवोदित शक्क्ति राष्ट्रहरु पनि आर्थिक रुपमा शक्तिशाली बन्ने होडमा देखिन्छन् । त्यसरी दोश्रो विश्व यु’द्धको समाप्ति पश्चात एक ध्रुवीय रहेको विश्व क्रमशः बहुध्रुवीय बन्दै गएको देखिन्छ ।
पछिल्लो समयमा पूर्व सोभियत संघको एक राज्य युक्रेनको पूर्वी प्रान्त क्रिमियाका बहुसंख्यक जनताले जनमत संग्रहमा क्रिमियालाई रुसमा गाभिने निर्णयको पक्षमा मतदान गरेपछि क्रिमिया औपचारिक रुपमा रुसमा गा’भियो । तत्पश्चात रुस समर्थक ल’डाकु र किमियाका सरकारी से’नाबीच युक्रेनको पूर्वी क्षेत्रमा भी’षण स’ङ्घर्ष च’र्किँदै आएको छ । केही हप्ता अगाडी युक्रेनी से’ना र रुसी समर्थक बि’द्रोहीबीच भइरहेको यु’द्ध अन्त्य गर्न जर्मनीको चान्सलर एन्जेला मकेल र अमेरीकी राष्ट्रपति ओबामाको मध्यस्थतामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र युक्रेनी राष्ट्रपति पेट्रो पोरोस्एन्को बीच यु’द्ध बिराम गर्ने सम्झौता भएको थियो । तर यु’द्धविरामको पूर्ण पालना नगरिएपछि त्यसक्षेत्रमा स’ङ्कट गहिरिदैछ । त्यसरी पछिल्लो समयमा रुसले नजिकको सा’मरिक प्रान्त क्रिमियालाई आफूतिर गा’भेर पुनः पुरानो सोभियत संघको जस्तै शक्तिसञ्चय गर्न खोजेको आभास दिएको जस्तो देखिन्छ । अर्कातिर इराक, सिरिया र लिविया लगाएतका मुलुकहरुमा इस्लामिक क’ट्टरपन्थिहरुद्वारा इस्लामिक स्टेट (आइ. एस. आइ .एस.) मार्फत आफ्ना सश’स्त्र गतिविधिहरु ति’व्र रुपमा बढाइरहेको देखिन्छ । हुनतः पूर्व अमेरीकी सुर’क्षा सचिव प्रोफेसर जोसेफ स्यामुयल नाईको शब्दमा शक्ति (Power) भन्ने कुरा मौसम (Weather) जस्तै एकैनास नरहने बदलिरहने कुरा हो । त्यसर्थ विश्व राजनीतिको परिदृश्यमा राष्ट्रहरुबीचको शक्ति सन्तुलन पनि बदलिरहनु , फेरबदल भैरहनु स्वाभाविक कुरा हो ।
(त्रिभुवन विश्वविद्यालय र चीनको सिचुवान स्थित सिचुवान विश्वविध्यालयबाट अन्तराष्ट्रिय सम्वन्ध तथा कुटनीती विषयमा स्नातकोत्तर तहको अध्ययन पूरा गर्नु भएका लेखक बुढाथोकी अधिवक्ता समेत हुनुहुन्छ ।)








