निय’न्त्रणमा लिएपछि कुमार पाैडेलकाे ह’त्या भएकाे आयाेगकाे निष्कर्ष

काठमाडाैं : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेललाई प्रहरीले निय’न्त्रणमा लिएपछि ह’त्या गरेकाे राष्ट्रिय मानव अधिकार आयोगले निष्कर्ष निकालेको छ । राष्ट्रिय मानव अधिकार आयोगको टोलीले घटनाको स्थलगत अध्ययनपछि कुमार पौडेललाई प्रहरीले निय’न्त्रणमा लिएपछि ह’त्या गरेकाे निष्कर्षमा पुगेकाे हो ।

आयोगका सचिव तथा प्रवक्ता वेद भट्टराईद्वारा प्रकाशित प्रेस विज्ञप्तिमा गएको असार ५ गते प्रहरी प्रधान कार्यालय, नक्सालको प्रत्यक्ष निर्देशनमा खटिएको २ नम्बर प्रदेश प्रहरी कार्यालयको समन्यवयमा खटिएका प्रहरीले कुमार पौडेललाई निय’न्त्रणमा लिइ गो’ली हा’नी मा’रिएको उल्लेख छ । आयोगले प्रहरीले आत्मर’क्षा र दोहोरो भिड’न्त भनि दा’बी गरे पनि दोहोरो भिड’न्त र आत्मर’क्षाका लागि गो’ली चलाएको कुरा कतैबाट पनि पुष्टि नभएको जनाएको छ । साथै प्रहरीले घटनाको मुुचुल्का उठाउँदा समेत गल्ती गरेको बताउँदै आयोगले घटनाको निष्पक्ष छा’नबिन नभएको जनाएको छ ।

आयोगले घ’टनामा संल’ग्न प्रहरी अधिकारीहरुलाई का’रबाही गर्न पनि सरकारलाई निर्देशन दिएको छ । घ’टनामा प्रत्यक्ष रुपमा संलग्न तथा कमाण्डरसमेत रहेका प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साह, प्रहरी हवल्दारहरु विनोद साह र सत्यनारायण मिश्रलाई निल’म्बन गरी फौ’जदारी अभि’योगमा मु’द्दा चलाउन सरकारलाई नि’र्देशन दिएको छ । त्यस्तै प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र प्रहरी नायब निरीक्षक सूर्यकुमार कार्कीलाई घ’टनाको मु’चुल्का तयार गर्दा ग’ल्ती गरेको भन्दै उनीहरुलाई स’चेत गराउन सरकारलाई आयो’गले सि’फारिस गरेको छ । कुमार पौडेलको बाँच्न पाउने अधिकारको ह’नन् भएको देखिएको भन्दै उनको हकवालालाई राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०६८ को प्रा’वधानअनुरुप तीन लाख रुपैयाँ क्ष’तिपूर्ति उपलब्ध गराउन पनि आयो’गले सरकारलाई सि’फारिस गरेको छ ।

उता राष्ट्रिय मानव अधिकार आयोगले विप्लव नेतृत्वको नेकपालाई शान्तिपूर्ण ढंगबाट आफ्ना क्रियाकलाप गर्न आग्रह गरेको छ । ह’त्या, अप’हरण, ध’म्की, जब’रजस्ती च’न्दा, वि’स्फोटनलगायतका हिं’सात्मक गतिविधिलाई तत्काल रोकी प्र’तिस्पर्धात्मक राजनीतिमा आउन पनि आयो’गले विप्लवलाई आ’ग्रह गरेको छ । गएको असार ५ गते सर्लाहीको लालबन्दी नगरपालिका–१, लखनदेवी जंगलबाट २ ओटा मोटरसाइकलमा सिन्धुलीतर्फ जाँदै गरेका ४ जनाले प्रहरीमाथि गो’ली चलाएको र जवा’फी का’रबाहीमा सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको ज्या’न गएको नेपाल प्रहरीले बताएको थियो । घ’टना घटेको केही दिनपछि गृह मन्त्री रामबहादुर थापा ‘बादल’ ले पनि पौडेल प्रहरीसँगको मु’ठभे’डमै मारिएको बताएका थिए ।

यस्ताे छ आयाेगकाे सिफारिस:

[pdf-embedder url=”https://satkarpost.com/wp-content/uploads/2019/10/NHRC-Kumar-Paudel.pdf” title=”NHRC- Kumar Paudel”]

सम्बन्धित खवर

Back to top button