कास्की प्रतिनिधि सभाको उपनिर्वाचनका लागि साझाबाट रजनी केसी उम्मेदवार

पोखरा : कास्कीमा २ आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि साझा पार्टीबाट रजनी केसी उम्मेदवार बन्ने भएकी छिन् । साझा पार्टी नेपालले बुधबार आफ्नो उम्मेदवार घोषणा गरेसँगै रजनी केसी प्रतिनिधिसभाको उपनिर्वाचनको लागि उम्मेदवार बन्ने भएकी हुन् ।

साझा पार्टीले २ दिनयता मंसिर १४ मा हुने उपनिर्वाचन केन्द्रित रहेर चुनावी रण’नीति तयार गर्न भन्दै पोखरामा केन्द्रीय समितिको बैठकसमेत राखेको थियो। उक्त केन्द्रीय समितिको बैठकले रजनी केसीलाई उम्मेदवार बनाउने भएको हो । लामो समय नेपाली कांग्रेसको स’क्रिय सदस्य रहेकी केसी केही महिनाअघि मात्रै साझा पार्टी प्रवेश गरेकी हुन् । उनले सु’रक्षित मातृ’त्व स’ञ्जाल महासंघ, नेपाल परिवार नि’योजन संघलगायत विभिन्न संघ, संस्थाहरूमा नेतृत्व गरिसकेकी छन्।

गत वैशाखमा पोखरा विश्वविद्यालयको उपप्रशासक पदबाट राजी’नामा दिएर उनी साझा पार्टी निर्माणको अभियानमा संल’ग्न भएकी थिइन। उनले जनसंख्या, लैं’गिक अध्ययन तथा विकासमा स्नातकोत्तर गरेकी छन्।

यतिबेला अन्य प्रमुख दलहरू समेत उम्मेदवार छनोटमा व्यस्त छन् । तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको गत वर्षको फागुन १५ मा ताप्लेजुङमा हेलिकोप्टर दु’र्घटनामा परी नि’धन भएपछि कास्की २ प्रतिनिधिसभा सदस्यवि’हीन छ । सोही क्षेत्रमा अहिले चुना’वी सरग’र्मी ता’तेको छ।

कांग्रेसले क्षेत्र र जिल्लाले उम्मेदवार छनोट गर्न नसकेर आ’कांक्षी १६ जनाकै नाम पार्टी केन्द्रीय कार्यालयमा सि’फारिस गरेको छ। उता, नेकपाभित्र पनि आन्तरिक रस्साक’स्सी उस्तै छ । नेकपामा पनि उम्मेदवार बन्न चाहनेहरुको ला’इन धेरै नै छ।

‘पद्धति, पारदर्शिता, इमानदारी र उत्कृष्टताको चार खम्बामा टेकेर ‘कल्या’णकारी लोकतन्त्र’मार्फत् एकै पुस्तामा देश रू’पान्तरण गर्न प्रतिबद्ध गर्न साझाले युवा सोचलाई स्थान दिएको पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले बताए। साझाले पार्टीलाई नयाँ उचाइमा पुर्‍याउन केन्द्रीय नेतृत्वले छिटै नै देशभरि बुद्धिजीवि, नागरिक अगुवा, उद्योगी-व्यवसायी लगायत आम जनसमुदायसँग प’रामर्श र अन्त’रक्रिया गर्ने निर्णय गरेको छ।

सम्बन्धित खवर

Back to top button