आज प्रधानमन्त्री अजरबैजान जाँदै

काठमाडौं :आज नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक अजरबैजान भ्रमणमा जाँदै छन्। असंलग्न राष्ट्रहरूको सम्मेलनमा सहभागी हुन आज बिहान प्रधानमन्त्री ओली अजरबैजानको राजधानी बाकु जान लागेका हुन् ।

बिहीबार बिहान पौने १२ बजे प्रधानमन्त्री ओली अजरबैजानतिर प्रस्थान गर्ने परराष्ट्रमन्त्रालयले जनाएको छ। असंलग्न आ’न्दोलन (नाम) राष्ट्रका राष्ट्राध्यक्ष र सरकार प्रमुख सहभागी हुने दुईदिने १८औं शिखर सम्मेलन शुक्रबार बाकुमा शुरू हुँदैछ । ओलीले पर्सी शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। (नाम) आ’न्दोलन कुनै गु’ट र समूहमा आ’बद्ध नभएका देशहरुको समूह हो।

यो समूहमा १ सय २० देश आव’द्ध छन् भने १७ मुलुक पर्यवेक्षक सदस्य रहेका छन्। दोस्रो वि’श्वयुद्धपछि अधिकांश मुलुक तत्कालीन सोभियत संघ र अमेरिका पक्षधरमा वि’भाजित भएका बेला त’टस्थ रहेका मुलुक आ’बद्ध रहेर सन् १९६१ मा सर्वियाको राजधानी बेलग्रेडमा ना’म आ’न्दोलन स्थापना भएको थियो।

भ्रमण सकेर प्रधानमन्त्री कार्तिक १० गते स्वदेश फर्कने कार्यतालिका रहेको छ । भ्रमण टोलीमा प्रधानमन्त्रीकी धर्मपत्नी राधिका शाक्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकरदास बैरागी, प्रधानमन्त्रीका परराष्ट्र र राजनीतिक सल्लाहकारलगायत सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

सम्बन्धित खवर

Back to top button