गोकुल बाँस्कोटाले देउवालाई दिए यस्तो जवा’फ:


काठमाडौं : प्रमुख प्र’तिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्र’तिपक्षीसँग प्रतिशो’ध साँ’ध्न आफ्ना सांसद अफता’व आ’लमलाई सरकारले १२ वर्षपछि प’क्राउ गरेको भनेर दिएको अभिव्यक्तिको ख’ण्डन गर्दै सरकारका प्र’वक्ता गोकुलप्रसाद बाँस्कोटाले आप’त्ति जनाएका छन्। सरकारका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बिहीबार मन्त्री बाँस्कोटाले ग्या’स च्या’म्बरमा जस्तै मान्छेलाई इँट्टा भ’ट्टामा हा’लेर मा’रेको अ’भियोग लागेका व्यक्तिलाई पक्रा’उ गर्दा प्रतिशो’ध साँ’धेको रूपमा लिएको भन्दै आप’त्ति जनाएका हुन् ।
सन्चार मन्त्री बांँस्कोटाले प्रश्न गर्दै भने, ‘अ’पराधीलाई समात्यो भनेर प्रतिशो’ध भन्ने? प्रतिशोध भन्ने हो भने त फलाना पक्रा’उ नै पर्दैनथ्यो। ग्यास च्या’म्बरमा जसरी मान्छे मा’र्नेलाई पक्रा’उ गर्दा प्रतिशो’ध भन्ने?’



रौतहटमा २०६४ को संविधानसभा निर्वाचनका क्रममा सांसद आ’लमले ब’म वि’स्फोटमा घा’इते भएका एक दर्जन बढीलाई इँ’ट्टा भ’ट्टामा हा’लेर ह’त्या गरेको अभियो’ग लागेको छ । उक्त घ’टनाका आ’रोपी सांसद आ’लमलाई प’क्राउ गरेपछि कांग्रेस सभापति देउवाले सरकारले प्रतिशो’ध साँ’धेको आ’रोप लगाएका थिए । उनले १२ वर्ष पहिलेको घ’टनामा किन प’क्राउ गरेको भनेर पनि सरकारलाई प्रश्न गरेका थिए। जसको जवा’फ आज सरकारका प्रवक्ता बाँस्कोटाले दिएका हुन्।
मन्त्री बाँस्कोटाले राजनीतिलाई अप’राधिकरण गर्न नहुने बताए। त्यस्तो गर्नेलाई का’नूनी का’रबाही हुने र कुनै पनि हालतमा उ’न्मुक्ति नमिल्ने उनको भनाइ थियो। उनले भने, ‘राजनीति सेवा हो भने त्यहाँ अप’राधिकरण हुन सक्दैन । त्यसले राजनीतिलाई प्र’दुषित गर्छ। राजनीति प’वित्र हुनुपर्यो। अ’कुत भ्र’ष्टाचार गरेर, कसैलाई ग्यस च्या’म्बरमा हा’लेर गरिने राजनीति पानीको फोका जस्तै हो। सरकार सुशासन र कानू’नी राज्यमा अगाडि बढेको छ। न्या’य स्थापित गर्न सरकार अगाडि बढेको छ।’
संघीय संसद सचिवालयमा कार्यरत कर्मचारीमाथि यौ’न दु’र्व्यवहार गरेको अ’भियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई का’नून अनुसार स’जाय हुने मन्त्री बाँस्कोटाको भनाइ थियो। उनले भने, ‘अब सभामुख भन्न मिल्दैन, सभामुखबाट राजी’नामा दिइसकेका छन्। सभामुख चु’न्न बकाँकी छ । मु’द्दाको अनुस’न्धान चलिरहेको छ। छा’नबिन भइरहेको छ। त्यसले जे टुं’गो लगाउँछ त्यै हुन्छ। सरकारले यो स’जाय दिन्छु भन्ने हुँदैन। जे ठह’र हुन्छ त्यसैअनुसार का’रबाही हुन्छ। का’नूनी उ’न्मुक्ति कसैलाई पनि हुन्न।’ उनले वर्तमान सरकारले सुशा’सन र का’नूनी राज्यको प्र’त्याभूती दिइरहेको पनि दा’बी गरे।