लेखापालन तालिम सम्पन्न


नेपालगन्ज, ८ कार्तिक : प्रदेश स्तरीय सहकारी प्रशिक्षालय बाँकेले ६ दिने आधारभूत सहकारी लेखापालन तालिम सम्पन्न गरेको छ। कार्तिक ३ देखि सुरु भएको उक्त तालिमको समापन आज बिहान १० बजे भएको हो।
विभिन्न १२ ओटा जिल्लाबाट सहभागी ३० जना प्रशिक्षार्थीहरुलाई दुरि अनुसारको भाडा, दैनिक भत्ता र प्रमाण-पत्र वितरण गरि बिदाई गरिएको तालिम संयोजक शिवलाल खड्काले बताए । तालिम बारे संयोजक खड्का भन्छन् “यस तालिमको उपलब्धि पहिलेको भन्दा तुलनात्मक रुपमा उच्च रहेको र प्रत्येक सहभागीहरुले तालिम पश्चात आ-आफ्नो सहकारीहरुको उच्च लेखा व्यवस्थापन गर्न सक्ने बिश्वास व्यक्त गरेका थिए ।”



उनका अनुसार समापनमा सहभागी पुरुष र महिलाको तर्फबाट पनि तालिमको उपलब्धी भए नभएको प्रतिक्रिया राख्न दिइएको थियो । तालिमका मुख्य प्रशिक्षक प्राचार्य श्री कृष्ण नेपाल, जिवानन्द ढुङ्गाना, राज बहादुर बुढा लगायतले लेखा सम्बन्धी बिभिन्न शिर्षकहरुमा सहजीकरण गर्दै अध्यापन गरेका थिए ।
तालिम प्रशिक्षक प्राचार्य नेपालका अनुसार लेखा जस्तो संबेदनशिल विषयमा कार्यालय भित्रका लेखा सम्बद्ध पदाधिकारी मात्र प्रवेश हुन पर्नेमा सामान्य कर्मचारी सिफारिसले सिकाइ र उपलब्धिमा फरक पर्ने, सिमित सिट्का कारण अन्य ब्यक्तिलाई पनि प्रभाव पर्ने हुनाले आउंँदा दिनमा सम्पूर्ण संघ सस्थाहरुले ध्यान पुर्याउनु पर्ने विचार व्यक्त गरेका थिए ।