‘लक्ष्मी पुजा दुक्कले झिलिमिली बनाउनुस्, विद्युत आ’पूर्तिमा सम’स्या हुँदैन’

काठमाडौं : हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आज लक्ष्मीपूजाको दिन वर्षभरीकै सबैभन्दा धेरै विद्युत माग हुने भएपनि समस्या नहुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ । लक्ष्मीपूजाको दिनदेखि नागरिकले झिलिमिली बनाउने भएकाले आइतबार वर्षभरीकै सबैभन्दा धेरै विद्युत माग हुने भएपनि नेपाल विद्युत प्राधिकरणले समस्या समाधान गर्न प्राधिकरणको टिम तयारी अवस्थामा रहेको प्राधिकरण जनाएको छ । लक्ष्मीपूजाको दिन आइतबार बढिमा १३ सय मेगावाटसम्म विद्युतको माग हुन सक्ने प्राधिकरणको अनुमान छ । ३ वर्ष अघिसम्म तिहारमा पनि लोडसेडिङ हुने गरेकोमा प्राधिकरणमा कुलमान घिसिङले नेतृत्व सम्हालेपछि २०७३ सालको तिहारदेखि लोडसेडिङ हुन छाडेको छ ।

विगतमा भारतबाट आयात गरेर र चु्स्त व्यवस्थापन गरेर तिहारलाई झिलीमिली बनाएको प्राधिकरणले यो वर्ष देशमै १ हजार मेगावाट विद्युत भैरहेकाले थप सहज अवस्था रहेको जनाएको छ । तिहारमा कतै पनि अँध्यारो नहोस् भनेर प्राविधिक समस्या समाधानको लागि आफ्नो टोली तयारी अवस्था रहेको कार्यकारी निर्देशक कुलमान घिसिङ जानकारी दिए ।

उनले भने ‘हामी बिजुली नपुग्ला भन्ने चिन्तामा छौँ, त्यसैले सारा नेपालीलाई ढुक्कका साथ झिलिमिली गरेर तिहार मनाउन आ’ग्रह गर्छु’, कुलमानले भने ‘प्राविधिक समस्या आयो भने हाम्रो टोली स्ट्याण्डबाइ छ, धेरैबेर बत्ति जाँदैन ।’

घिसिङका अनुसार आइतबार लक्ष्मीपूजाको दिन उच्च माग १३ सय मेगावाट सम्म पुग्ने सम्भावना छ । १ हजार मेगावाट जति देशमै उत्पादन भएकाले बेलुकीको १-३ घन्टा भारतबाट ३ सय मेगावाटसम्म बिजुली आयात हुने सम्भावना छ । घिसिङले भने ‘हामी देशमै उत्पादन भएको बिजुली व्यवस्थापन गरेर यो तिहार उम्काउने प्रयासमा छौँ, तर अपुग हुने देखिएमा भारतबाट आयात हुन्छ, बिजुली अपुग हुँदैन ।’

नेपाल विद्युत प्राधिकरणले बिजुली अपुग नहुने बताए पनि विगतमा प्राविधिक कारणले लक्ष्मीपूजाको दिन धेरै समस्या हुने गरेको थियो । अहिले यो समस्या विस्तारै कम हुँदै गएको छ । गएको आर्थिक वर्षमा देशैभरका सयौँ ट्रान्सफर्मर परिवर्तन गरिएको र पुराना उपकरण फेरिएकाले यो वर्ष धेरै समस्या नआउने प्राधिकरणको अपेक्षा छ ।

सम्बन्धित खवर

Back to top button