यसपालिको तिहारमा भारतबाट नौ प्रतिशत मात्रै विद्युत् आयात

काठमाडौं : यसपालिको तिहारमा भारतबाट नौ प्रतिशत मात्रै विद्युत् आयात गरिएको छ । दुई वर्षअघिसम्मको तिहारमा मा’गको आधा भन्दा बढी बिजुली भारतको भर पर्नुपर्ने बा’ध्यता थियो । तर यसवर्षको तिहारमा आफ्नै उत्पादनले माग धानेको छ । मुख्यत: तिहारको लक्ष्मी पूजाको दिन धेरै विद्युत् मा’ग हुने गर्छ।

लक्ष्मी पूजाको दिन उज्यालो राख्न गत वर्षसम्म भारतको भर पर्नुको विकल्प थिएन। यस वर्ष पनि नेपाल विद्युत् प्राधिकरणले भारतबाट तीन सय मेगावट विद्युत् आयत गर्ने योजना बनाएको थियो। तर १०७ मेगावट मात्रै विद्युत आयत गरेको छ।

लक्ष्मी पूजाको दिन विद्युत् उच्च माग एक हजार ८९ मेगावाट रहेको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङ बताए । जसमा १०७ मेगावट भारतबाट आयत गरियो भने सरकारले प्राधिकरणकै विद्युत गृहबाट ५४६ मेगावट र निजीक्षेत्रबाट ४३६ मेगावटले माग धानेको छ।

यस वर्ष प्राधिकरणका ६० मेगावाटको माथिल्लो त्रिशूली ‘३ ए’ तथा १४ मेगावाटको कुलेखानी तेस्राे र निजी क्षेत्रका केही जलविद्युत आयोजनाको विद्युत् प्रणालीमा थपिएकाले भारतबाट आयात हुने परिमाण पनि घ’टेको हो ।

प्राधिकरणले आफ्ना र निजी क्षेत्रका विद्युत् गृहहरु पूर्ण क्षमतामा चलाएको थियो । जलाशययुक्त कुलेखानी पहिलो, दोस्रो र तेस्रोबाट १०१ मेगावाट विद्युत उत्पादन गरिएको थियो ।

गत वर्षको तुलनामा लक्ष्मी पूजाको दिन विद्युतको माग घ’टेको प्राधिकरणको तथ्यांकले देखाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष यस वर्ष १६ मेगावाट माग घ’टेको देखिएको छ।

अघिल्लो वर्ष लक्ष्मी पूजाको दिन एक हजार १०५ मेगावट विद्युत खप’त थियो। यस वर्ष एक हजार ८९ मेगावट पुगेको छ। चाडपर्वको बेला औसत समयको तुलनामा कम विद्युत् ख’पत हुन्छ। तर लक्ष्मीपूजाको रात भने मा’ग बढ्ने गर्छ।

सम्बन्धित खवर

Back to top button