प्रधानमन्त्री ओली ग्राण्डीबाट डि’स्चार्ज भए लगत्तै ‘आइ एम फिट’ भन्दै मुस्कुराए


काठमाडौं: मिर्गौला पीडित प्रधानमन्त्री केपी शर्मा ओली उ’पचारपछि धापासीस्थित ग्राण्डी अस्पतालबाट डि’स्चार्ज भएका छन्। बुधबार बिहान अस्पताल भ’र्ना भएका ओली दुई पटकसम्म मिर्गौलाको डायलाइसिस गरेपछि बिहीबार राति ८ बजे डिस्चार्ज भएका हुन्।
प्रधानमन्त्री ओलीले आफू ठिक रहेको बताएका छन् । उनले अस्पतालबाट डिस्चा’र्ज भएर बाहिरिने क्रमम प्रसन्न मुद्रामा ‘आइ एम फिट’ भनेका छन् । त्यसो त उनका निजि डाक्टरहरुले पनि प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताइरहेका छन् ।



प्रधानमन्त्री ओलीलाई डिस्चार्ज गर्नुअघि बिहीबार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा बोल्दै ग्राण्डीका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको बताएका थिए। उनको उपचार अबका दिनमा के कस्तो र कसरी गरिन्छ भन्ने बारेमा चिकि’त्सकहरुले केही बताएका छैनन् ।