से’नाको कार्गो जहाज नेपाल भित्र्याइयो

काठमाडौं : इन्डोनेसियामा निर्माण गरिएको नेपाली से’नाको कार्गो जहाज शनिबार नेपाल भित्र्याइएको छ । नेपाली से’नाले २०१७ मा खरिद सम्झौता गरेर इन्डोनेसियामा निर्माण गरिएको सै’न्य ट्रान्सपोर्ट एयरक्राफ्ट सीएन २३५–२२० विमान शनिबार काठमाडौंं ल्याइएको हो ।

निर्माणपछि नेपाली से’नालाई बुधबार हस्तान्तरण गरिएको थियो । बुधबार नै उक्त जहाज नेपालका लागि उडेको र शनिबार बिहान काठमाडौंमा अवतरण भएको नेपाली सेनाका प्र’वक्ता सहायकरथी विज्ञानदेव पाण्डे जानकारी दिए।

सै’निक प्र’वक्ता पाण्डेका अनुसार उक्त विमान इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले बनाएको हो। उक्त जहाजको मूल्य करिब साढे तीन अर्बको हाराहारीमा रहेको छ। विमान निर्माणका लागि सन् २०१७ जुनमा नेपाली से’नाले ३० मिलियन अमेरिकी डलरको सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो।

सै’निक प्र’वक्ता सहायक रथी पाण्डेले यो जहाज सबै प्रयोजनका लागि उपयोगी हुने बताए। खासगरी वि’पद्‍का बेलका आ’पतकालीन उ’द्धार र रा’हतका क्रममा यो जहाज प्रयोग हुनेछ। यसले आ’पतकालीन उ’द्धार र राह’तको कामलाई सहज र प्रभावकारी बनाउने प्र’वक्ता पाण्डे बताए।

से’नासँग कार्गो प्रयोगजनका लागि दुईवटा स्काइ ट्रक रहेकोमा अहिले एउटा मात्रै संचालनमा छ र एउटा ग्राउन्डेड छ। प्याराजम्पका लागि पनि यो जहाज प्रयोग गर्न सकिने छ। पहिले एभ्रो जहाज प्यारा जम्पका लागि प्रयोग हुँदै आएकोमा अहिले एभ्रो जहाज ग्राउन्डेड छ। उक्त जहाज विशेष विशिष्ट व्यक्तिहरुको उडान, मेडिभ्याक, मारिटाइम पेट्रोलका लागि प्रयोग हुनसकिने गरी बनाइएको छ।

सेनासँग जहाज र हेलिकोप्टरी गरी २२ वटा हवाइ साधन रहेकोमा अहिले १० वटा संचालनमा छन् भने १२ वटा ग्राउन्डेड छन्।

 

सम्बन्धित खवर

Back to top button