अपडेट: म्याग्दी बस दुर्घ’टनाका मृ’तकको स’नाखत

म्याग्दी : म्याग्दी बस दु’र्घटनामा ज्यान गुमाउने ४ जनाकै स’नाखत भएको छ । मालिका गाउँपालिका–७ बिममा आइतबार साँझ भएको यात्रुबाहक बस दु’र्घटनामा मृ’त्यु भएका चारै जनाको पहिचान खुलेको हो ।

दरबाङबाट यात्रु लिएर गएको ग १ ख ४४७६ नम्बरको बस विमको घुम्तीमा दुर्घ’टना भएको थियो । दुर्घ’टनामा ज्यान गुमाउनेहरुमा विमकी ७० वर्षीया सतदेवी भट्टचन, ११ वर्षीया आयुषा जुग्जाली, ९ वर्षीय रवि जुग्जाली र गुल्मीको कालीगण्डकी गाउँपालिका–२ की विष्णु पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिए।

दुर्घ’टना साँझमा भएको र रात परेकाले उ’द्धारमा केही स’मस्या भएको प्रहरी निरीक्षक शर्माले बताए। उनका अनुसार स’ख्त घा’इते भएका १२ जनालाई बेनी अस्प’तालमा रि’फर गरिएको छ। घा’इतेमध्ये अधिकांश किसानी कृषि प्राविधिक शिक्षालय विमका विद्यार्थीहरु रहेका छन्। उनीहरु दशैं तिहारको बिदा सकिएपछि विद्यालय फर्किँदै गरेको बताइएको छ।

दुर्घ’टनामा परी घा’इते भएका बसका चालक मंगला गाउँपालिका–१ पैयुपाँटाका टेकबहादुर सार्कीसहित १२ जनालाई बेनी रि’फर गरिएको र अन्यको दरबाङस्थित प्राथमिक उ’पचार के’न्द्रमा उप’चार भैरहेको प्रहरीले जनाएको छ । वस सडकदेखि करिब २०० मिटर तल ख’सेको छ ।

सम्बन्धित खवर

Back to top button