शैलुङ्गेश्वरी शो’कमा डु’ब्यो: एकदिन सार्वजनिक विदा


सिन्धुपाल्चोक : दोलखाबाट काठमाडौंं आउँदै गरेको यात्रुबाहक बस चौतारा साँचागाचोकगढी नगरपालिका- ९ मा आइतबार दिउँसो दुर्घ’टना हुँदा १७ जनाको ज्यान गयो। ज्यान जाने १७ मध्ये १४ जना दोलखा जिल्लाका रहेका छन् । बस दुर्घटनाले दोलखा जिल्ला शो’कमा डु’बेको छ।
दोलखाको शैलुङ्गेश्वरी गाउँपालिकाको १३ जनाको मृ’त्यु भयो। गाउँपालिकाले शोक मनाउँनको लागि सोमबार सार्वजनीक बिदा समेत दिइएको छ। शैलुङ्गेश्वरी गाउँपालिकाकको एकै गाउँका ९ जनाको मृ’त्यु भएको गाउँपालिका अध्यक्ष भरत दुलालले जानकारी दिए। सो दुर्घ’टनाले गाउँपालिका मात्रै नभए सिंगो जिल्ला नै शो’कमा परेको बताए। उनका अनुसार अझै दुईजना हराइरहेको सूचना आएको जनाए।



सो गाउँपालिकाको दुर्घ’टनामा परेर ज्यान गुमाउनेहरुमा वडा नम्बर ५ की रत्नकुमारी राउत, किरण राउत, कविता राउत, रिकेश खड्का, सानु राउत आले रहेका छन्। यस्तै, वडा ४ का दियुन लामा, ४ का शिशन तामाङ, चमेली श्रेष्ठ, निर्मला खड्का र निकेश खड्का, २ की उरमाया मोक्तान रहेका छन्।
दोलखाकै शैलुङ गाउँपालिकाका ५ की चेतकुमारी बस्नेत, ४ का सलिना तामाङ, भिमसेन नगरपालिका ९ की रन्जिता केसीको मृ’त्यु भएको छ। यस्तै दुर्घ’टनामा मृ’त्यु अरु सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका ३ की सायरानी श्रेष्ठ, काभ्रेको रोशी गाउँपालिका ४ की सजिना तामाङ र चितवन पटीहानी गाविस (साविक ८) की पुजा बस्नेत रहेका छन्।
मृ’त्यु हुने १७ जनामध्ये ९ जना महिला, ४ जना बालक, ३ जना बालिका र एक जना पुरुष रहेको छन। श’व आज आफन्तको जिम्मा लगाउँने तयारी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी माधव काफ्लेले जानकारी दिए।
दुर्घ’टनामा ५० भन्दा धेरै घा’इते भएका थिए। अहिले काभ्रेको धुलिखेल र अन्यन्त्र गरि ३७ जनाको उपचार भैरहेको प्रहरीको भनाइ छ। अन्य घाई’ते उपचारपछि घर फर्किसकेका छन्। आइतबार दिउँसो दोलखाबाट काठमाडौँ आउँदै गरेको बा २ ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे स्थित सुनकोशी नदीमा ख’सेको थियो।