आज सुनको मूल्य घट्यो ! कतिमा भयो कारोबार ?

काठमाडौं : निकै उत्तावचढावमा रहेको सुनको मूल्य सोमबार फेरि घटेको छ । साताको दोस्रो दिन सोमबार सुनको मूल्य दुई सय रुपैयाँले घटेको हो ।

सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ । महासंघका अनुसार तेजाबी सुन ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ। चाँदी तोलामा ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार तोलामा ७१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी तेजाबी सुन ७० हजार ९ सयमा कारोबार भएको थियो ।

सम्बन्धित खवर

Back to top button