त्रिविलाई विश्वमा चिनाउँछु- नवनियुक्त उपकुलपति

काठमाडौं : त्रिभुवन विश्वविद्यालयलाई विश्वभर चिनाउन पहल गर्ने नवनियुक्त उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाले बताएका छन्। सोमबार त्रिवि केन्द्रीय कार्यालय कीर्तिपुरमा पदभार ग्रहण गर्दै उनले यस्तो बताएका हुन्। कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उनलाई त्रिवि उपकुलपतिमा नियुक्त गरेका थिए।

पदभार गरेलगत्तै आयोजित कार्यक्रममा उनले मन, धन र कर्मले प्रतिवद्ध भइ काम गर्ने बताए। ‘नेतृत्वको प्रमुख काम भिजन सिर्जना गरी स्रोत जुटाउने र त्रिविलाई विश्वमा चिनाउने हो। म यो दायित्व निर्वाह गर्छु’, बास्कोटाले भने। निष्पक्षता, पारदर्शिता, सामुहिकता र जवाफदेहिता सहितको काम गर्ने गराउने कार्यमा सबैसँग मिलेर अघि बढ्ने उनले बताए।

बास्कोटा चिकित्साशास्त्र अध्ययन संस्थानमा नाक, कान र घाँटी रोगका विज्ञेषज्ञ हुन्। २०३६ साल वैशाख २६ गते सहायक प्रशिक्षक पदबाट त्रिवि सेवामा प्रवेश गरेका थिए। उनी २०६६ सालमा प्राध्यापक पदमा बढुवा भएका थिए। त्रिवि ऐन २०४९ अनुसार त्रिवि उपकुलपतिको पदावधि ४ वर्षको रहने व्यवस्था छ।

सम्बन्धित खवर

Back to top button