EDF सञ्जालले बुझायो मुख्य मन्त्रीलाई ज्ञापन पत्र !


बुटवल, १८ कार्तिक : प्रदेश नं ५ का १२ वटा जिल्लामा छरिएर रहेका उद्यम विकास सहजकर्ताहरु आज बुटवलमा भेला भई प्रदेश नं ५ का मुख्य मन्त्रीलाई विभिन्न ७ बुँदे माग राख्दै ज्ञापन पत्र बुझाएका हुन् ।
उद्यम तथा उद्यमशिलता विकासको बलियो खम्बा मानिने उद्यम विकास सहजकर्ताहरु राज्यले निरन्तर हजारौं सँख्यामा उत्पादन गरिरहेको तर उचित व्यवस्थापन नगरेको भन्दै आक्राे’शित देशै भरका उद्यम विकास सहजकर्ताहरुले प्रत्येक प्रदेश र जिल्लाहरुमा सञ्जाल निर्माण गरेर आफ्ना मागहरु निरन्तर उठाइरहेका छन् ।



यस्तै क्रममा उद्यम विकास सहजकर्ता सञ्जालका केन्द्रीय सदस्य तथा बाँके जिल्ला अध्यक्ष बीरेन्द्र सुवेदी र महासचिव चेतन कुमार थापा “बादल” काे पहल र मुख्य मन्त्री कार्यालयसँगकाे समन्वयमा ज्ञापन पत्र तयार गरि उद्यम विकास सहजकर्ताहरुका माग मुख्य मन्त्री समक्ष राखिएका हुन् ।
करिब आधा घण्टा भन्दाबढी समयसम्म मुख्यमन्त्रीसँग गरिएकाे अन्तरक्रिया कार्यक्रममा सञ्जालका केन्द्रीय सदस्य एवम् बाँके अध्यक्ष बीरेन्द्र सुवेदीले आफ्ना मागहरूकाे बारेमा मुख्यमन्त्रीलाई अवगत गराएका हुन् । उद्यम विकास सहजकर्ताकाे बारेमा सञ्जालका केन्द्रीय सदस्य अनन्त पन्थीले समेत मुख्यमन्त्रीलाई मागबारे अवगत गराए ।
मुख्य मन्त्रीलाई बुझाइएको ज्ञापन पत्रमा उद्यम विकास सहजकर्ताहरुले आफूहरुलाई लाेकसेवा मार्फत स्थापित गरिनुपर्ने, मेड्पा कार्यक्रमलाई त्रिवर्षीय वा पञ्चवर्षीय रुपमा सञ्चालन गरिनुपर्ने, स्थानीय तहमा करारमा भएपनि दरबन्दी सिर्जना गरिनुपर्ने, उद्यमशिलता विकासका कार्यक्रमहरुमा सरकारले EDF हरुलाई पहिलो प्राथमिकता दिनुपर्ने लगायतका मागहरु राखेका थिए ।
जवाफमा मुख्य मन्त्रीले उद्योग मन्त्रालय र CTEVT सँग आवश्यक परामर्श र सहकार्य गरेर निष्कर्षमा पुग्ने बताएको छन् । युवाहरूलाई उद्यम गर्नका लागि आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत उनले जनाए । उद्यम विकास सहजकर्ताहरु अरुलाई उद्यम गर्न सिकाउंँदै मात्रै नहिडि आफू पनि उद्यम व्यवसायमा लाग्न आग्रह समेत गरेको सञ्जालका महासचिव चेतन कुमार थापा “बादल” ले जानकारी दिए ।