सरकारले भन्यो ‘कालापानी नेपाली भू-भाग हो’

काठमाडौं : आइतबार भारतले सार्वजनिक गरेको राजनीतिक नक्साको विषयमा नेपाल सरकारले आज आफ्नो धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा भारतले आफ्नो से’नाको क्या’म्प राखिरहेको कालापानी क्षेत्र नेपालको रहेको प्रष्ट पारेको हो ।

‘कालापानी क्षेत्र नेपालको भूभाग हो भन्ने विषयमा नेपाल सरकार स्पष्ट छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपाल-भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगका बै’ठकहरूबाट दुई देशबीचका समाधान हुन बाँकी सीमासम्बन्धी स’मस्या समा’धानका लागि प्राविधिकहरूको सल्लाहमा दुवै देशका परराष्ट्र सचिवहरूले काम गर्ने गरी जिम्मेवारी दिइएको छ।’

परराष्ट्रले भारतका कुनै पनि एकपक्षीय निर्णय नेपाललाई मान्य नहुने पनि प्रष्ट्याएको छ।’ दुई देशबीच सु’ल्झाउन बाँकी सीमासम्बन्धी विषयहरू दुवै पक्षको आपसी सहमतिमा टु’ङ्ग्याउनु पर्ने हुन्छ’, परराष्ट्रले भनेको छ, ‘एकपक्षीय ढंगबाट गरिने कुनै पनि निर्णय नेपाल सरकारलाई मान्य नहुने कुरा स्पष्ट छ।’

परराष्ट्र मन्त्रालयले अन्तर्राष्ट्रिय सिमाना र’क्षाको लागि नेपाल सरकार प्रतिबद्ध रहेको पनि जनाएको छ । ‘दुई मित्र राष्ट्रहरूबीचको सीमा सम’स्याको समाधान ऐतिहासिक दस्तावेज एवं त’थ्य प्रमा’णहरूको आधारमा कूटनीतिक माध्यमबाट हुनु पर्ने मान्यतामा नेपाल सरकार दृढ रहेको छ ।’

सम्बन्धित खवर

Back to top button