सुनको भाउ ह्वात्तै घट्यो


काठमाडौंं :बुधबार सुनको भाउ ह्वात्तै घटेको छ । आज सुन तोलामा ६ सय रुपैयाँ घटेको हो ।
एक नम्बरी सुन बुधबार तोलाको ७० हजार २ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



मंगलबार तोलामा २ सय रुपैयाँ नै घटेर सुन तोलाको ७० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदी तोलामा २० रुपैयाँ घटेर तोलाको ८ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।








