कुनै पनि नेपाली भूमि नमि’चेको भारतको दा’बी

काठमाडौं : मि’चिएको भनेको नेपाली भूमि भारतले न’मिचेको दा’बी गरेको छ । भारतले आज कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतको नेपाली भूमिलाई आफ्नो नयाँ नक्सामा नगा’भेको दा’बी गरेको हो। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभीस कुमारले बिहीबार नयाँदिल्लीमा आयोजित पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको ज’वाफ दिँदै नेपालसँगको सिमारेखामा कुनै हेरफेर नगरिएको दा’बी गरे ।

‘हाम्रो नक्साले भारतको सम्प्रभुतालाई देखाउँछ। नयाँ नक्सामा नेपालसँग जोडिएको सिमानामा कुनै भूगोल तलमाथि या हेरफेर गरिएको छैन’, उनले भने, ‘नेपालसँग सिमानामा अहिलेकै व्यवस्था अनुसार सम्बन्ध रहँदै आएको छ, यसमा कुनै हेरफेर भएको छैन।’

प्रव’क्ता कुमारले भारत आफ्ना निकट छिमेकीहरुसँग द्विपक्षी सम्बन्धका क्रममा उठेका सवाललाई वा’र्ताद्वारा समाधानका लागि तयार रहेको पनि उल्लेख गरेका छन्। ‘हामी आफ्ना निकट छिमेकीसँग मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धलाई ख्याल गर्दै वा’र्ताको माध्यमबाट समाधान खोज्न आफ्नो प्रतिबद्धता दोहोर्‍याउँछौं’, उनले भनेका छन्, ‘साथै निहित स्वार्थ बोकेर दुवै देशबीचमा मतभेद पैदा गर्ने कोशिश गरिरहेका तत्वहरुविरु’द्व एकजुट हुनु जरुरी भएको छ।’

नेपाली जनताले सीमा मोचेको भन्दै हिजो मात्रै भारतीय दूतावास घे’राउ गरेका थिए । नेपाल सरकारले समेत कालापानी नेपाली भूमि हो भन्दै परराष्ट मन्त्रालय मार्फत विज्ञप्ति निकालेको थियो ।

सम्बन्धित खवर

Back to top button