‘सरकारको लोकप्रियता कायम राख्न नेकपाले चुनाव जित्नुपर्छ’

पोखरा : पूर्वप्रधानमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको लोकप्रियता कायम राख्न नेकपाले निर्वाचन जित्नुपर्ने बताएका छन्। नेकपा कास्कीले आयोजना गरेको बृहत कार्यकर्ता प्रशि’क्षण कार्यक्रमलाई स’म्बोधन गर्दै शुक्रबार प्रचण्डले आसन्न निर्वाचन जुनसुकै हालतमा पनि नेकपाले जित्नुपर्ने बताएका हुन्।

‘उपनिर्वाचन जित्ने र सरकार लोकप्रिय रहेको सन्देश दिनको लागि भए पनि यो उपनिर्वाचन नेकपाले जित्नुपर्छ,’ उनले कार्यकर्तालाई नि’र्देशन दिँदै भने। प्रचण्डले शीर्ष नेताहरू एक भएको पनि दाबी गरे। उनले आगामी कात्तिक २५ गतेभित्रै नेकपाको बाँकी एकता प्रक्रिया टुंगोमा पुग्ने पनि बताए। उनले भने, ‘कात्तिक २५ भित्रै एकता प्रक्रिया सबै टुंगो लाग्नेछ।’

प्रचण्डले अहिलेको सरकारले गरेका राम्रा कामहरू जनताको घरघरमा पुगेर व्यक्ति-व्यक्ति भेटेर प्रचार गर्न पनि कार्यकर्तालाई निर्दे’शन दिए। ‘विकास निर्माणको बारेमा सरकारले अगाडि बढाएका परियोजनाहरू, कानुनहरू, छिमेकी र विदेशीसँग गरेका सम्झौ’ताहरू सबैभन्दा पछिल्लो मोतहारीदेखि अमलेखसम्मको पाइपलाइन विछ्याउने परियोजना सानो कुरा होइन,’उनले भने, ‘यसको सन्देश ठूलो छ, अर्बौं रुपैयाँ महिनैपिच्छे बच्ने भएको छ, सरकारका कामका बारेमा जनतालाई बुझाउनुस्।’

चीनबाट रेल ल्याउने कुरा आफू पहिलो पटक प्रधानमन्त्री भएर चीन जाँदा उठाएको कुरा भएको पनि उनले बताए ।

सम्बन्धित खवर

Back to top button