दशगजामै पुगेर भारतविरु’द्ध प्रद’र्शन


काठमाडौंं : भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी क्षेत्रलाई भारतीय भूभागकै रुपमा आफ्नो नक्शामा समावेश गरेपछि कञ्चनपुरका युवा विद्यार्थी संगठन भारतविरु’द्ध निरन्तर बि’रोधमा प्रद’र्शनमा उ’त्रिएका छन् । सत्तापक्ष नेकपाका भातृ संगठन राष्ट्रिय युवा संघ, अनेरास्ववियू तथा युवा विद्यार्थीहरुले बिहिवार पनि महेन्द्रनगरमा बि’रोध स्वरुप मोटरसाइकल र्यालि निकालेका छन् ।
लिपुलेक, कालापानी र लिम्पीयाधुरा मात्र होइन देशका सिमामा नाका क्षेत्रमा भएको अतिक्र’मित नेपाली भूमिलाई भारतले द्विपक्षिय कुटनितिक पहल गरी यथाशीघ्र राजनितिक नक्सालाई सच्याउनु पर्ने आ’न्दोलनकारीको माग छ । पछिल्लो समय भारतको हे’पाहा प्रबृति हा’वि हुदै गएको र मित्र राष्ट्रको आडमा नेपालको राष्ट्रियता माथि नै धा’वा बोलेको भन्दै सत्तारुढ दलका संगठनका साथै काँग्रेस निकट नेपाल विद्यार्थि संघ, प्रतिवन्धित नेकपा(विप्लव) समूह लगायत नागरीक समाजले समेत ठाउंँ-ठाउंँमा भारतविरु’द्ध नाराबाजी र प्रद’र्शन गरेका छन ।



सुगौली सन्धिलाई कार्या’न्वयन गर्नुका साथै यी यस्ता बिषयमा नेपाल सरकारले कुटनितीक तवरले यथाशिघ्र पहल कदमी लिनु पर्ने भन्दै राष्ट्रियताका सवालमा ग’म्भीर भई यो विषयलाई लिएर अन्तराष्ट्रिय अ’दालत जानु पर्ने अवस्था आएको उनीहरुले बताए । भारतले दार्चुलाको नेपाली भूमी अति’क्र’मण गरेको झण्डै ६ दशकपछि संस्थागत रुपमा आफ्नै भूमि बनाउने कुचे’स्टा गरेकाले त्यसको वि’रोधमा विद्यार्थी युवा आन्दोलित भएको हुन् ।