बि’रामी छोरालाई छोडेर जनगायक जीवन शर्मा सीमाना जोगाउनतिर लागे

पर्वत : भारतले नेपालको सीमा मि’चेर नयाँ भौगोलिक नक्सा सार्वजनिक गरेपछि नेपालीहरू यतिबेला सडकमा छन्। भारतले जमिन मि’चेकोमा नेपालीहरू सडकमा आइरहेको बेलामा जनगायक शर्मा पनि गीतमार्फत् सीमा जोगाउन आ’ह्वान गर्दै स्टेजमा देखिएका छन्।

तर, केहीसमय पहिले देखि जनगायक जीवन शर्माका माइला छोरा अमृत काठमाडौंको त्रिवि शिक्षण अस्पताल भ’र्ना भएका छन्। उनको उपचारमा ५० लाखभन्दा बढी खर्च हुने बताइएको छ। अमृतको यो अवस्था देखेपछि उनलाई बचाउन देशभित्र र बाहिरबाट आर्थिक सहयोग जु’ट्ने क्रम रोकिएको छैन। यस्तो अवस्थमा उनी देशको सीमाना र’क्षाको लागि गीत गाउँदै जनचेतना फैलाउँदै छन् ।

लायन्स क्लब अफ शिवालय कुस्माले जिल्ला अस्पताल पर्वतमा नवजात शिशुहरूलाई अनुकूल गरी वातावरण निर्माण गर्न आवश्यक उपकरण जिल्ला अस्पताल पर्वतमा जडान गर्न, आँखा उपचार केन्द्रलाई अस्पतालको रूपमा विकास गर्न र ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर राख्ने उद्धेश्यसहित आर्थिक संकलन गर्न शनिबार ‘जनगायक जीवन शर्माको एकल सांगीतिक साँझ’ आयोजना गरेको थियो।

टिकट काटेर कार्यक्रम हेर्न पुगेहरूले सोचेका थिए, शर्माले छोराको अवस्थाबारे केही बोल्नेछन्। तर, दर्शकहरूले अपेक्षा गरेअनुसार उनले केही बोलेनन्, बोले त केबल देशको सीमा मिचिँदा भइरहेको पीडाको कथा। गीत सुनेर रमाइलो गर्ने ‘मुड’मा पुगेलाई शर्माले राष्ट्रियताको जा’लोमा बाँ’धेर भावुक बनाए।

‘एउटा सानो पारिवारिक चो’ट परेको छ, त्यसलाई छोडौँ, त्योभन्दा ठूलो पी’र देशलाई परेको छ’ उनले भने, ‘परिवारको पीरभन्दा राष्ट्रको पीर र चो’ट कयौँ गुणा सं’वेदनशील र पीडादायी हुने रहेछ।’ उनले यसो भनिरहँदा दर्शकहरूले भरिएको हलमा स’न्नाटा छायो।

‘एकल साँझमा त वरिपरि मादल, भायोलिन, तबलाहरूले भरिएका हुन्छन्। हेर्नुहोस् त यहाँ त एउटा मादल र एउटा हार्मोनियम मात्रै छ’ त्यही स’न्नाटाबीचमा गायक शर्माले भने, ‘हाम्रो देशको अवस्था जस्तो छ, मैले पनि त्यही गरेको हुँ। हिजो गाउँमा एउटा मादल थिएन, त्यही भएर मलाई अहिले भायोलिन र तबलाको भीड चाहिँदैन।’

गीत प्रस्तुत गर्नु पहिले उनले जतिबेर बोले त्यो अवधिमा सीमाको सुर’क्षामा जु’ट्न सबैलाई अनुरोध गरे। देशका विभिन्न भागमा विद्यार्थी संगठनहरूले गरिरहेका प्रद’र्शनपति ऐक्य’बद्धता जनाउँदै उनले यसमा खुलेर सघाउन सबै राजनीतिक दल तथा तिनका भ्रातृ संगठनहरूलाई अ’नुरोध गरे। सीमा र’क्षा गर्न सकेमा मात्रै नेपालीको पहिचान रहने जनगायक शर्माको भनाइ छ।

६० वर्ष पुगिसकेका गायक शर्माले अहिलेसम्म झन्डै २ हजार गीतहरू गाएको र लेखेको बताउँदै आफूले जहाँ जाँदा पनि एउटै गीतबाट कार्यक्रम सुरु गर्ने बताए। अनि उनले मधेसी, पहाडी र हिमाली जो जे भए पनि सबै नेपाली भएकोमा गर्व गर्दै, ‘मधेसी, पहाडी, हिमालका हिमाली, तराई हो मुटु हाम्रो, पहाड हो छाती …’ गीत प्रस्तुत गरे।

एकल साँझमा उनले आफूले तयार पारेका तथा देशभक्तिले भरिएका दर्जनभन्दा बढी गीतहरू गाएका थिए।

सम्बन्धित खवर

Back to top button