‘डा. गोविन्द केसीको संघ’र्ष न आफ्ना लागि हो न आफन्तका लागि ! त्यो तपाईं हाम्रा लागि हो !’


काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकारले डाक्टर गोविन्द केसीको मा’गलाई बेवास्ता गरेको आ’रोप लगाएका छन् । पूर्वस्वास्थ्य मन्त्री समेत रहेका थापाले चिकित्सा शिक्षा सु’धारको माग राख्दै आएका डाक्टर केसीको अनश’न सम्पूर्ण जनताको गुणस्तरीय स्वास्थ्यका निम्ति भएको बताउदै उक्त माग सम्बोधन गर्न सबैले सरकारको ध्या’नाकर्षण गराउनुपर्नेमा जोड दिएका हुन् ।
सांसद थापाले केहिबेर अघिमात्र सामाजिक संजालमार्फत भनेका छन् डाक्टर गोविन्द केसीको संघ’र्ष न उहाँको लागि हो न उहाँको आफन्तका लागि ! यो संघ’र्ष तपाईं हाम्रा लागि हो,आम नेपालीको गुणस्तरीय स्वास्थ्यका लागि हो । स’त्याग्रहलाई बेवास्ता गरिरहनुभएको प्रधानमन्त्रीज्यू लाई डा.केसीको अनश’नको बारेमा चि’च्याएर भनौँ, ‘डा.केसीको माग अविलम्ब सम्बोधन गर र उनको जीवन रक्षा गर’, केहि हप्ता अघि टिचिङ हस्पिटल महाराजगञ्जमा पत्रकार सम्मेलन गरी विभिन्न ६ वटा मा’ग राखेका डा. केसीले ५ दिन अघिदेखि अनश’न सुरु गरेका छन् ।



यसअघि १६ औँ पटक अनश’न बस्दा सरकारसँग भएका विभिन्न सहमति कार्यान्वयन नभएको भन्दै केसीले १७ औँ अनश’न सुरु गरेका हुन् । उनले विगतमा गरेका सम्झौता अनुसार चिकित्सा शिक्षा ऐन संशो’धन गर्नुपर्ने, निजी मेडिकल कलेजले अवैध रुपमा असूल गरेको रकम विद्यार्थीलाई फिर्ता गर्नुपर्ने, संसदीय उपसमितिले मेडिकल कलेजको शुल्क र सिट बढाउन गरेको प्रस्ताव खा’रेज गर्नुपर्ने लगायतका छ बुँदे माग राखेका छन् ।








