सीमा वि’वादमा जंगीअड्डाले लियाे चासाे

काठमाडौं : नेपाली भूभागलाई भारतको नक्सामा पारेको विषयमा विभिन्न दल, नागरिक समाज, बौद्धिक वर्ग र सर्वसाधारणबीच छलफल बढेपछि नेपाली से’नाले समेत चासो देखाएको छ । प्रधानसे’नापति पूर्णचन्द्र थापाले नेपाली भूभागको र’क्षामा सु’रक्षाकर्मी चुक्न नहुने भन्दै अन्य तीन सुरक्षा निकायका प्रमुखसँग छल’फल चलाएका हुन्। नेपाली भूभागमा रहेको भारतीय सुर’क्षाकर्मीलाई फिर्ता पठाउने र अन्य सीमा पनि सु’रक्षित गर्न कूटनीतिक एवं रणनीतिक तयारीमा पनि से’ना अग्रसर भएको बताइएकाे छ । लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रमा पाँच दशकदेखि भारतीय सु’रक्षाकर्मीको उपस्थिति रहेकामा कसरी फिर्ता पठाउने भन्ने विषयमा जंगीअड्डामा सु’रक्षा प्रमुखबीच बह’स भएको सै’न्य उच्च स्रोतले बताएको छ।

प्रधानसेनापति थापाले सु’रक्षा निकायका प्रमुखसँग पछिल्लो सु’रक्षा अवस्था र सहकार्यबारे छल’फल राखेको भएपनि भारतीय सीमा अति’क्रमणबारे बह’स भएको एक सुर’क्षा अधिकारीले बताए। ‘प्रधानसेनापति थापाले उपनिर्वाचन र सार्क मुलुक सम्मिलित खेलकुद (साग)को सु’रक्षालगायतमा छल’फल गर्न जंगीअड्डामा बोलाएका थिए’, ती सु’रक्षा अधिकारीले भने, ‘तर, छल’फल समग्र सु’रक्षा विषयमा भयो। अमेरिकाले निकालेको प्रतिवेदनदेखि भारतीय सुर’क्षाकर्मीले सीमामा गरेको अति’क्रमणसम्मको छल’फल भयो।’ प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधान एवं र’क्षामन्त्री ईश्वर पोखरेल पनि जंगीअड्डा पुगेका थिए। सेनाका प्रवक्ता एवं सहायक रथी विज्ञानदेव पाण्डेले सु’रक्षा निकायको छल’फल भएको स्वीकार गरेपनि त्यसलाई नियमति भने। ‘यो नियमित छल’फल हो’, प्रवक्ता पाण्डेले भने, ‘उपनिर्वाचन, साग र समग्र सु’रक्षा अवस्थाबारे नियमित ब्रिफिङ भएको हुनुपर्छ।’

सीमाबाट भारतीय फौ’ज फिर्ता पठाउन लामो समयदेखि पहल भएपनि त्यसमा नेपालले सफलता पाउन सकेको छैन। ‘यही विषयमा नेपाली सु’रक्षा निकायले आफ्नो रण’नीति के बनाउने भन्दै छल’फल अघि बढाएको हो’, सै’न्य स्रोतले भन्यो, ‘से’नाका केही पृतनापति, रथीलगायतको उपस्थिति थियो।’ भारतले नयाँ नक्सा सार्वजनिक गर्ने क्रममा पनि उनीहरूको सु’रक्षा निकाय रहेको भूभाग आफ्नै भूभागको रूपमा देखाएपछि काठमाडौंमा यसको च’र्को वि’रोध भइरहेको छ। अन्य सु’रक्षा चु’नौती रहेको प्रतिवेदन अमेरिकाले सार्वजनिक गरेको विषयमा जंगीअड्डामा छल’फल भएको हो। त्यस क्रममा प्रतिजासुसी संय’न्त्रबारे पनि छल’फल भएको थियो। प्रधानमन्त्रीको प्रत्यक्ष नि’गरानीमा रहने संय’न्त्रबारे त्यहाँ बह’स भएको थियो। प्रधानमन्त्रीलाई पछि गरिएको ब्रिफिङमा पनि त्यो विषय परेको एक अधिकारीले बताए।

परराष्ट्र मन्त्रालयले राजनीतिक तहमा कुरा गर्नुअगावै कूटनीतिक नोट दिने तयारी गरिरहेको समयमा सु’रक्षा निकायले पनि आफ्नो रणनीतिक छल’फल चलाएको हो। विभिन्न दलका शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरूले शनिबार मात्रै उच्च राजनीतिक तहमा छल’फल गरेर आफ्नो भूभाग कायम गर्न सरकारलाई सु’झाव दिएका थिए। कूटनीतिक पहल गर्ने भनिरहेको अवस्थामा प्रधानमन्त्री ओली जंगीअड्डा पुगेका हुन्। ‘प्रधानमन्त्री पनि नियमित अनुग’मनमा आउनुभएको होला’, पाण्डेले भने, ‘त्यस्तो ठूलो ब्रिफिङ भए हामीलाई पनि जानकारी आउँथ्यो।’ छल’फलमा सै’न्य नेतृत्वसहित सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनु’सन्धान विभागका प्रमुखहरू सहभागी थिए। प्रधानमन्त्रीले यसअघि पनि जंगीअड्डा पुगेर ब्रिफिङ लिने गरेका थिए। उनले शनिबार सर्वपक्षीय बै’ठक बालुवाटारमा गरेका थिए।

सम्बन्धित खवर

Back to top button