सीमा वि’वाद समा’धान गर्न नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बै’ठक बस्दै


काठमाडाैं : नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बै’ठक दुई साताभित्र हुने भएकाे छ । सीमा वि’वादका कारण नेपालमा भारतवि’रोधी गतिविधि बढेपछि भारतले सचिवस्तरीय बै’ठक गर्न सहमति जनाएको छ। परराष्ट्र मन्त्रालय स्रोतका अनुसार दुई साताभित्र नेपाल–भारत परराष्ट्रसचिवस्तरीय बै’ठक हुनेछ। यो विषयमा आइतबार कूटनीतिक च्यानलबाट अनौपचारिक छल’फल भएको हो। सोमबार औपचारिक छल’फल गरी वा’र्ताको मिति तय हुनेछ।
राजदूत नीलाम्बर आचार्यले भारतीय विदेश मन्त्रालयका उच्च अधिकारीसँग भेट गरी वार्ताको पहल गरेको परराष्ट्रका अधिकारीले बताए। काठमाडौं २०७१ साउनमा भएको नेपाल–भारत संयुक्त आयोगको तेस्रो बै’ठकले परराष्ट्रसचिव स्तरमा सीमा वि’वाद सल्टाउन भन्दै जिम्मेवारी तोकेको थियो। त्यसपछि त्यो स्तरमा सीमाका विषयमा छल’फल भएको छैन। त्यसपछि दुईवटा संयुक्त आयोग बै’ठक भएको थियो।



यसैबीच, सीमा सु’रक्षा हेर्दै आएको सश’स्त्र प्रहरी र भारतीय सीमा सु’रक्षा ब’ल (एसएसबी) बीच मंसिर ४ देखि ६ सम्म काठमाडौंमा द्विपक्षीय छल’फल हुने भएको छ। सश’स्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले वा’र्ताको तयारीमा लागेको बताए। ‘यो नियमित बैठक हो’, उनले भने, ‘यसमा समग्र सुर’क्षा अवस्था, क्र.सबोर्डर सुरक्षा, सीमा सुरक्षामा सहकार्यलगायत विषयमा छल’फल हुनेछ।’ तीनदिने उक्त बैठकमा आफूले नेपाली टोलीको नेतृत्व गर्ने बताए। भारतबाट एसएसबी प्रमुख नेतृत्वको टोली उपस्थित रहने उनको भनाइ छ।