किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको आज १३५औं जन्मजयन्ती

काठमाडौं : आज किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३५औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइँदैछ। वि.सं. १९४२ कात्तिक २५ गते इलामको पश्चिमी क्षेत्र चुक्चिनाम्बामा जन्मिएका फाल्गुनन्दले समाज सु’धारमा महत्त्वपूर्ण योगदान दिएका छन् । फाल्गुनन्दले किरात धर्मावलम्बीहरुको मुन्धुमलाई लिखित रुपमा ल्याउन सुरुवात गरेका थिए।

उनको पहलमा पाँचथरको चोकमागुमा वि.सं. १९८८ मा गरिएको बृहत् भेलाले गरेको ‘सत्यधर्म मुचुल्का’ नामक निर्णयमा छोरीचेलीलाई छोरा समान शिक्षा, अंश दिनुपर्ने, बलि प्रथा अन्त्य गर्नुपर्ने, आत्मनिर्भर बन्न स्वदेशी उत्पादनमा जोड दिनुपर्ने उल्लेख छ। करिब नौ वर्ष ब्रिटिस गोर्खा सै’निकमा बिताएका फाल्गुनन्दले सै’निक जीवनबाट फर्किएपछि समाज सुधार र धार्मिक कार्यमा जीवन बिताएका थिए।

उनले समाज सुधारका लागि गरेको कार्यको सम्मान गर्दै नेपाल सरकारले राष्ट्रिय विभूतिको रुपमा सम्मान गरेको छ। यसैबीच, कात्तिक २५ मा किरात धर्मावलम्बीहरुका लागि बिदा समेत दिने निर्णय गरेको छ। प्रदेश १ को ८ नगरपालिका र ११ गाउँपालिका गरी १९ स्थानीय तहले कात्तिक २५ मा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

सम्बन्धित खवर

Back to top button