प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई संसदीय समितिले डाक्याे भारतीय अति’क्रमणबारे छल’फल गर्न


काठमाडौं : भारतले नेपाली भूभाग आफ्नाे नक्समा समेटेपछि संसदीय समितिले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई संसदमा बाेलाएकाे छ । लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायत नेपाली भूमिलाई भारतले आफ्नो नक्सामा समेटेपछि संसदीय समितिहरूले प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई छल’फलका लागि संसदमा बाेलाएकाे हाे ।
भारतीय अति’क्रमणको मुलुकभर वि’रोध भइरहेको र सरकारले पनि उक्त नक्साप्रति आफ्नो वि’रोध भारतसामू जनाइसकेको अवस्थामा संसदीय समितिहरूले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीसँग सोमबार छल’फल गर्न लागेका हुन्। संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिले आज साढे ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीसँग छल’फल गर्न लागेको हाे । समितिले प्रधानमन्त्रीसँग भारतीय नक्सामा नेपाली भूमि पारेकोबारे छल’फल गर्न लागेको हो। त्यस्तै, प्रतिनिधिसभाकै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पनि सोही विषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलाई समितिमा बोलाएको छ।



आज ११:३०बजे बस्ने बैठकमा कालापानी क्षेत्रलाई भारतले आफ्नो नक्सामा समेटेक विषयमा परराष्ट्रमन्त्री ज्ञवालीसँग छल’फल गर्ने यो समितिको कार्यसूची रहेको छ। भारतले लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई गत आइतबार सार्वजनिक गरेको आफ्नो नक्सामा राखेपछि नेपालमा उक्त कदमको वि’रोध भइरहेको छ। प्रधानमन्त्री ओलीले सबै राजनीतिक दलका शीर्ष नेता, पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरू, सीमाविद् तथा यो विषयका विज्ञसँग छल’फल गरेर भारतीय कदमको वि’रोध गर्दै नेपाली भूमि र’क्षाका लागि राष्ट्रिय सहमति तयार पारेका छन्।








