अनश’नरत डा.गोविन्द केसीको स्वास्थ्य अव’स्था ज’टिल बन्दै


डडेलधुरा : सात दिनदेखि अन’शनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था ज’टिल बन्दै गएको छ । डा. केसीलाई शुक्रबारदेखि डडेलधुरा अस्प’ताल भ’र्ना गरिएको छ । उपचा’रमा संल’ग्न मेडिक’ल सुप’रिटेन्डेन्ट डा. जितेन्द्र कँडेलले दिन प्रतिदिन स्वास्थ्य सम’स्या बढ्दै गएको बताए । ‘डडेलधुरामा उप’चारको धेरै सुवि’धा छैन, चाँजोपाँ’जो मिले धनगढी लैजानुपर्ने अ’वस्था आउन सक्छ,’ उनले भने । कँडेलका अनुसार डा. केसी डडेलधुरा छा’डेर अन्यत्र नजाने अ’ड्डी लिएर बसेका छन् ।
केसीको सम’र्थनमा डडेलधुराका दर्जनभन्दा बढी नागरिक संस्थाले आइतबार देखि प्रद’र्शन गरेका छन् । डडेलधुरा उद्योग वाणिज्य संघ, नि’र्माण व्यवसायी संघ, होटल व्यवसायी संघ, पत्रकार महासंघ, महिला उद्यमी संघ, नागरिक समाजलगायत संस्थाको संयुक्त आ’योजनामा भएको प्र’दर्शनमा सरकारको ध्यानाक’र्षण गराउन दि’उँसै राँ’के जु’लुस निकालिएको थियो ।



‘जनताको अधिकारका लागि डा. केसीले सुरु गरेको स’त्याग्र’हलाई निर्णा’यक बनाउन हामीले पनि सम’र्थनमा प्र’दर्शन थालेका हौं,’ उद्योग वाणिज्य संघ जिल्लाका अध्यक्ष लोकराज भट्टले भने । उता सरकारले भने यस विषयलाई चा’सो दिएको देखिदैन ।








