पेट्रोलियम पदार्थ अन्वे’षण कार्य ति’व्र बन्दै


दैलेख : जिल्लाका विभिन्न स्थानमा चिनियाँ विशे’षज्ञ टोली र नेपाल सरकारको खानी तथा भूगर्भ विभागको टोलीले पेट्रोलियम अन्वे’षणको कामलाई ती’व्र बनाएको छ। नाबिस्थान, शिरस्थान। पादुकालगायतका स्थानमा चाइना जिओलोजिकल सर्भे र नेपालको खानी तथा भूगर्भ विभागको टोलीले पेट्रोलियम पदार्थ अन्वे’षणको काम तीव्र पारिएको हो ।
विभागका अन्वे’षण अधिकृत गुणराज त्रिपाठीका अनुसार अन्वे’षणका लागि आवश्यक सामान राख्ने, चीनको अ’न्वेषण टोली र कामदार बस्ने क्याम्प डुगेश्वर गाउँपालिका–१ को कुप्रा बजार नजिक नि’र्माण गरिएको छ ।



अन्वे’षण अधिकृत त्रिपाठीका अनुसार भू–सतहभित्र पेट्रोलियम पदार्थ भएकाले अहिले साइस्किम सर्वेको काम अघि बढाइएको र अन्य तीनवटा सर्वेका काम पनि एकैसाथ अगाडि बढाइएको छ । अहिले अन्वेषणका लागि चारवटा विषयमा अध्ययनको काम भैरहेको त्रिपाठीले बताए।
चारवटा सर्भेमध्ये जमिनमुनिको संरचना पत्ता लगाउने तयारी पूरा भएको छ। जिओलोजिकल सर्वे दुई सातादेखि सुरु भइरहेको छ। भौतिक सर्वे र जिओ केमिकल सर्वेअनुसार विभिन्न स्थानहरूमा काम सुरु गरिरहेको त्रिपाठीले बताए।
दैलेखमा रहेको पेट्रोलियम पदार्थ अ’न्वेषणका लागि नेपाल सरकार खानी तथा भूगर्भ विभाग र चीन सरकारको चाइना जिओलोजिकल सर्भे कम्पनीबीच दुई अर्ब ४० करोड रुपैयाँको स’म्झौता भएको छ।








