भारतीय सीमा अति’क्रमणविरुद्ध सुदूरपश्चिम कानून विद्यार्थी समाजद्वारा शान्तिपूर्ण वि’रोध र्या’ली
काठमाडौं : भारतले गरेको सीमाना अति’क्रमणको विषयलाई लिएर सुदूरपश्चिम कानून विद्यार्थी समाजले काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण र्या’ली निकालेर वि’रोध जनाएको छ । भारतले लिम्पियाधुरा, लिपुलेक र कालापानीलगायतका क्षेत्रको नेपाली भूभाग आफ्नो राजनीतिक नक्सामा समावेश गरेपछि आइतबार सुदूरपश्चिम कानून विद्यार्थी समाजले शान्तिपूर्ण र्या’ली निकालेर वि’रोध जनाएको हो ।
सुदूरपश्चिम कानून विद्यार्थी समाजका महासचिव जीवन साउदले भारतको पछिल्लो क’दम अन्तराष्ट्रिय कानूनका मूल्य, मान्यता र नेपाल-भारतबीच सम्पन्न भएका ऐतिहासिक सन्धि स’म्झौता एवम् दस्तावेजहरुको ठाडो उ’ल्लघन रहेको आ’रोप लगाए । अन्तराष्ट्रिय कानून वि’परित गएर भारत सरकारले गरेको ह’स्तक्षेपकारी क’दम मान्य नहुने महासचिव साउदको भनाइ रहेको थियो ।
कार्यक्रमलाई स’म्बोधन गर्दै संस्थाका अध्यक्ष गंगा दत्त जोशीले भारत सरकारले प्रकाशित गरेको पछिल्लो नक्साका सम्बन्धमा सुुदूरपश्चिम कानून विद्यार्थी समाजको ग’म्भीर ध्याना’कर्षण भएको जनाए । उनले यो विषयमा मौन नबसी कूटनीतिक तवरबाट तत्काल सम्बोधन गर्न सरकारलाई आ’ग्रह समेत गरे । अध्यक्ष जोशीले भारत सरकारको यो क’दमलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय म’ञ्चमा क’डा रुपले प्र’तिवाद गर्नुपर्नेमा जोड दिए । उनले अन्तर्राष्ट्रिय अदा’लत (ICJ) को क्षेत्राधिकार घोषणा (declare) गरी सीमा विवा’दलाई अन्तर्राष्ट्रिय अदा’लतमा लैजान समेत नेपाल सरकारलाई सुझाव दिए । अध्यक्ष जोशीले सीमाना अति’क्रमण र भारतले प्रकाशन गरेको पछिल्लो नक्सा तत्काल सच्चाउन मा’ग गर्दै सीमा अति’क्रमणका गतिविधि नरोकिए अर्काे चरणमा थप रचनात्मक वि’रोधमा उ’त्रिने चेता’वनी समेत दिए ।
यस्तै, उपाध्यक्ष साधना देउवाले भारत सरकारको हे’पहा प्रवृत्तिको प्र’तिवाद सडकमा आएर स्वाभिमानको नाराबाट मात्रै नभई स्वावलम्बी बनेर पनि गर्नुपर्ने कुरामा जोड दिइन् ।
विभिन्न क्याम्पसबाट सुरु भएको र्याली माईतिघर मण्डलामा आएर नक्सा बनाई कोणसभामा परिणत भएको थियो । उक्त कार्यक्रममा सुदूरपश्चिम कानून विद्यार्थी समाजका संस्थापक सल्लाहकारद्वय मनोज सिंह र वसन्त जोशी तथा नेपाल ल क्याम्पस, नेशनल ल कलेज, चक्रवर्ती ल कलेज लगायत काठमाडौं उपत्यकाभित्रका विभिन्न क्याम्पसहरुमा कानून विषय अध्ययनरत ८० जना विद्यार्थीहरुको उपस्थिति रहेको थियो । सुदूरपश्चिम कानून विद्यार्थी समाज सुदूरपश्चिममा स्थायी बसोबास भई देशका विभिन्न क्याम्पसहरुमा कानून विषय अध्ययनरत विद्यार्थीहरुको साझा संस्था हो ।