‘सीमा वि’वादको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण नगरौं’

काठमाडौं : सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतले गरेको सीमा अति’क्रमणको विषयलाई तत्काल अन्तर्राष्ट्रियकरण गर्न नहुने बताएका छन् । सोमबार संघीय संसदको राज्य व्यवस्था समितिको बैठकमा बोल्दै उनले कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयलाई तत्काल अन्तर्राष्ट्रिकरण गर्न उपयुक्त नहुने बताएका हुन् ।

भारतबाट मिचिएका सीमा क्षेत्रबारे पहिले भारतसँगै वा’र्ता गर्नु उपयुक्त हुने पनि प्रचण्डको भनाइ छ । उनले भारतसँग ग’म्भीर वा’र्ता गर्दा पनि समा’धान नभए मात्रै यो विषयलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्ने बताए । ‘कालापानी, लिपुलेकको विषयलाई अहिले नै अन्तर्राष्ट्रियकरण गर्ने भनेर नभनौं,’ प्रचण्डले भने, ‘यदि भारतसँग ग’म्भीर वा’र्ता गर्दा पनि समा’धान निस्किएन भने मात्रै पछि हेरौंला ।’

बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले ऐतिहासिक तथ्य, प्रमाण र दस्तावेदका आधारमा लिम्पियाधुरा पूर्वको क्षेत्र नेपाल र पश्चिमको क्षेत्र भारतको रहेकोमा कुनै अन्यौ’ल नरहेको बताए । महाकाली नदीको मुहान लिम्पियाधुरा भएको र त्यसको पूर्व नेपाल तथा पश्चिमतर्फको भाग भारतको भएको उनले बताए ।

अध्यक्ष प्रचण्डले विगतमा स्थिर सरकार नभएका कारण पनि यसमा वि’वाद भएको बताए । प्रचण्डले भने, ‘विगतमा स्थिर प्रकारको सरकार नभएका कारण यो विषयमा स’मस्या भएको थियो । हामी नेपालको एक इञ्च पनि जमिन छा’ड्दैनौं र अर्काको भूमि पनि लिँदैनौं ।’

सम्बन्धित खवर

Back to top button