टिपर दु’र्घटना हुँदा पाँचथरमा चालकसहित दुईजनाको मृ’त्यु


पाँचथर : टिपर दु’र्घटना हुँदा पाँचथरमा चालकसहित दुईजनाको मृ’त्यु भएकाे छ । मगलबार राति निर्माणाधीन कोशी कोरिडोर अन्तर्गत पाँचथरको हिलिहाङ गाउँपालिका–४ सालिङ्गेमा टिपर दु’र्घटना हुँदा चालकसहित दुई जनाको मृ’त्यु भएको हाे ।
मृ’त्यु हुनेमा रसुवा कन्सट्रक्सन प्रालिको बा २ ग २९२० नम्बरको टिपर चालक धादिङ घर भएका करिब २६ वर्षीय विनोद तामाङ र कन्सट्रक्सनकै पूर्वकर्मचारी हिलिहाङ–१ अमरपुरका २२ वर्षीय भीम तामाङ रहेका छन्। हिलिहाङकै सुभाङदेखि सडक निर्माणको काम गरेर कोरिडोरको ४ नम्बर क्याम्प अमरपुर फर्किदै गर्दा सालिङ्गे ठाउँमा करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी प्रमुख डिएसपी सिद्धराज न्यौपानेले जानकारी दिए।



मंगलबार राति साढे ८ बजेतिर भएको दुर्घटनामा मृत्यु भएका भीम भने हालै नेपाली से’नामा भ’र्ती भएका थिए । उनी यसअघि रसुवा कन्सट्रक्सनमै स्टोर किपरको रुपमा कार्यरत रहेको र बरबुझारत गरेर फर्किने क्रममा दु’र्घटनामा परेका हुन्।








