उपनिर्वाचनकाे लागि उम्मेदवारी द’र्ता आज

काठमाडौं : उपनिर्वाचनकाे लागि उम्मेदवारी द’र्ता गरिने भएकाे छ । मंसिर १४ मा हुने उपचुनावका लागि आज उम्मेदवारी दर्ता हुँने भएकाे हाे । सम्बन्धित स्थानीय तहस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न सकिने निर्वाचन आयोगले जनाएको छ।

आज बिहान १० देखि १ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । उम्मेदवारको सूची आजै प्रकाशन गरिने छ। भोलि उम्मेदवारमाथि उजुरी गर्ने, २९ गते नामावली प्रकाशन गर्ने, ३० गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ। उम्मेदवारहरुलाई मंसिर १ गते निर्वाचन चिह्न प्रदान गरिने छ।

स्थानीय तह अन्तर्गत धरान उपमहानगरपालिकामा मेयर, फाल्गुनन्द गाउँपालिकामा अध्यक्ष, पिपरा गाउँपालिका अध्यक्ष र खार्पुनाथ गाउँपालिकामा उपाध्यक्ष पदका लागि निर्वाचन हुँदैछ। त्यस्तै, ३७ जिल्लाका ४३ वडा अध्यक्षको पनि निर्वाचन हुँदैछ। प्रतिनिधी सभा र प्रदेश सभाका चार पदका लागि भने यस अघि नै उम्मेदवारी दर्तालगायत सकिएको छ। चार पदका लागि ६४ जना उम्मेदवार चुनावी मैदानमा छन्।

सम्बन्धित खवर

Back to top button