ब’न्धक बनाएर अफ्रिका पुर्याइएका नेपाली युवाकाे उ’द्धार


काठमाडाैं : नेपाल प्रहरीको मानव बेचवि’खन अनु’सन्धान ब्यू’रोले अमेरिका लैजाने भनी अफ्रिकामा लगेर ब’न्धक बनाउने भारतीय नागरिक पक्रा’उ गरेको छ । ब्यूरोको टोलीले पर्वत, दाङ र पूर्वी रुकुमका ६ जना युवालाई अमेरिका लैजान्छु भनेर अफ्रिकाको मलावीमा लगेर ब’न्धक बनाउने कार्यमा सं’लग्न भारतीय नागरिक नाजिर अहमदलाई पक्रा’उ गरी मंगलबार सार्वजनिक गरेको हो ।
ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक गोविन्द थपलियाले गएको एक वर्षदेखि अमेरिका लैजाने भनी भियतनाम, इथियोपिया, मडागास्कार, जोर्डन, दुबई, अजरबैजान हुँदै अफ्रिकाको मलावी पुर्याएर ब’न्धक बनाएको बताए । उनले भने, ‘ब्यूरोको टोली र मलावीको सीआईडी पुलिसको सम’न्वयमा मलावीको गाउँबाट उ’द्धार गरी स्वदेश फर्काउन सफल भएका छौँ ।’



उ’द्धार गरिएका मध्ये पर्वतका चार युवालाई स्वदेश ल्याइसकिएको र बाँकी दुई जनालाई ल्याउने क्रममा रहेको ब्यू’रोले जनाएको छ । मानव त’स्कर गि’रोहले अजरबैजान लाने क्रममा नेपालबाट भियतनाम लगेर २० दिन राखेको, इथियोपियामा चार महिना, मडागास्कारमा २५ दिन, जोर्डनमा एक महिना, दुबईमा ४५ दिन र अजरबैजानमा २० दिन राखेको अनुस’न्धानबाट खुलेको छ ।
मानव ओ’सारपसार तथा ब’न्धक बनाउने अन्तर्राष्ट्रिय गि’रोहको मलावी प्रहरी तथा मानव बेचवि’खन अनुस’न्धान ब्यू’रोबाट अनुस’न्धान भइरहेको ब्यू’रोले जनाएको छ । पक्रा’उ परेकालाई मानव बेचबि’खन तथा ओ’सारपसार (निय’न्त्रण) ऐन, २०६४ अनुसार का’रबाही हुने प्रवक्ता थपलियाले बताए ।








