आज राष्ट्रपति हमिदको उच्चस्तरीय भेटवा’र्ता


काठमाडौं : राष्ट्रपति हमिदको उच्चस्तरीय भेटवा’र्ता आज हुने भएकाे छ । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले आज समकक्षी विद्यादेवी भण्डारीसँग उच्चस्तरिय भेटवा’र्ता गर्ने भएका छन्। राष्ट्रपति भण्डारीलाई भेट्न बंगलादेशी राष्ट्रपति हमिद दिउँसो ४ बजे शितलनिवास जानेछन्। भेटमा आपसी हितका विषयमा छल’फल हुने राष्ट्रपति कार्यालयले जनाएको छ ।
समकक्षीको स्वागतमा राष्ट्रपति भण्डारीले आजै बेलुकी होटल याक एण्ड यतिमा रात्रिभोजको आयोजना गरेकी छन्। उपराष्ट्रपति, प्रधानमन्त्री, विपक्षी दलका नेतालगायतले आजै राष्ट्रपति हमिदसँग भेटवा’र्ता गर्ने कार्यक्रम रहेकाे बताइएकाे छ । उपराष्ट्रपति नन्दबहादुर पुनले दिउँसो सवा ३ बजे, प्रधानमन्त्री केपी शर्मा ओलीले साढे २ बजे र २ बजे नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति हमिदलाई भेट्ने छन्।



बिहान पौने ११ बजे राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र सवा ११ बजे सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति हमिदलाई भेट्ने कार्यतालिका रहेकाे बताइएकाे छ। राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति हमिद ५२ सदस्यीय टोलीको नेतृत्व गर्दै हिजो नेपालको चारदिने राजकीय भ्रमणमा आएका हुन्। राष्ट्रपति हमिदसँग पत्नी रसिदा हमिद पनि छन्। उनले हिजै भक्तपुर दरबार स्क्वायरको अवलोकन गरेका छन्। नेपाल बसाइका क्रममा राष्ट्रपति हमिदले काठमाडौंका अन्य ऐतिहासिक र पर्यटकीय स्थलको अवलोकन गर्नुका साथै पोखरा पनि घुम्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।








