प्रधानमन्त्री ओलीको उपचार अमेरिकामा हुने
काठमाडौंं : प्रधानमन्त्री केपी शर्मा ओली केही वर्ष यता मिर्गौला सम्बन्धी रो’गबाट पींडित छन् । उनलाई देश तथा विदेशमा उपचारमा उपचार गरेर पनि सन्चो हुन सकेको छैन् । अब, थप उपचारका लागि अमेरिका लगिने भएको छ । त्यसका लागि निजी चिकित्सक डा. दिव्यसिंह शाह आवश्यक कागजातसहित २४ गते आईतबार टर्किस एयरको दिउँसो २:४० को उडानबाट अमेरिका पुगेर पराम’र्शमा जुटेकी छिन् ।
विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई पनि नोभेम्बर १३ र १४ मा क्यापिटल हिलमा हुने एक कार्यक्रमका नाममा त्यतातिर लागे पनि दुवैको उद्देश्य प्रमको स्वास्थ्यबारे परा’मर्श गर्नु नै भएको बालुवाटार स्रोतले जनाएको छ । मिर्गौला प्रत्या’रोपणका अनेक विधि छन् । भएकै मिर्गौलालाई नचलाई छेउमा अर्को मिर्गौला राख्न सकिने उपायबारे पनि सल्लाह भइरहेको बताइन्छ । पुँजी विकास बचत तथा सहकारी न्युरोडका अध्यक्ष तथा नेकपा कार्यकर्ता श्याम श्रेष्ठ (पुरानो घर सिन्धुपाल्चोक, हाल बौद्ध निवासी)ले आठ वर्षअघि दिल्लीको मेदान्त अस्पतालमा प्रत्या’रोपण गराएपछि उनको शरीरमा ४ वटा किड्नी छन्|
सिंगापुरमा मिर्गौला प्रत्या’रोपणसम्बन्धी कानूनी जटिलता रहेका कारण त्यहाँको विकल्प अब टरेको बताइन्छ । प्रधानमन्त्रीको मिर्गौला प्रत्या’रोपणका लागि कि बैंकक कि दिल्ली नै जानुपर्ने अवस्था छ । अगष्ट ३१ तारिखमा नेपाल आएका भारतीय विदेशमन्त्री एस. जयशंकरले ‘हजुरको उपचार पहिला भारतमा भएको, स्वाथ्यसम्बन्धी विवरण पनि उतै भएका कारण सबै व्यवस्था मिलाउँछौं’ भनी आफ्ना प्रधानमन्त्रीको सन्देश सुनाएका थिए ।
अघिल्लो महिना नेपाल आएका राष्ट्रपति सि चिनफिङले पनि यसबारे चासो राख्दै चीनमै उपचारका लागि स्वागत गर्न तयार रहेको बताएको स्रोतको दा’वी छ । तर, सबै कुराको विचार गर्दा अमेरिका नै सर्वोत्कृष्ट विकल्प हुने ठानिएको बताइएको छ ।