भारतीय सीमा अति’क्रमणविरुद्ध नेविसंघको प्रद’र्शन

काठमाडौं : भारतीय सीमा अति’क्रमणविरुद्ध नेपाल विद्यार्थी संघले आज पनि प्र’दर्शन गरेका छ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतीय सीमा अति’क्रमणविरुद्ध प्र’दर्शन गरेको हो ।

नेविसंघ ग्रामिण आदर्श बहुमुखी क्याम्पस र एन आर बहुमुखी क्याम्पसको आयोजनामा नेपालटार, बाइपास, माछापोखरीक्षेत्रमा भारतीय सीमा अति’क्रमणविरुद्ध प्र’दर्शन गरेको हो।

नेविसंघका निवर्तमान केन्द्रिय सदस्य सुशिल भट्टको नेतृत्वमा भएको वि’रोध प्रद’र्शनमा नेबिसंघका नेताहरू निरन्जन थापा, ईस्वर अधिकारी, पवन थापा, सन्तोष गुरुङ, सुबास घिमिरे ,स्यवइच्छा उप्रेती, ठाकुरप्रसाद नेपाल, लक्ष्मी सिलवाल, किरण भट्टराई, जीवन रानालगायत विद्यार्थी, तथा स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।

नेपालटार ग्रामिण र एन आर कलेजबाट सुरू भएको वि’रोध र्‍या’ली बालाजु परिक्रमा गरेर क्याम्पसमै पुगेर समापन भएको थियो।

सम्बन्धित खवर

Back to top button