कमला घिमिरेको पहिलो गीत सार्वजनिक (भिडियो)

काठमाडौं : कमला घिमिरेको ‘चिया छानेको’ गीत सार्वजनिक भएको छ । बुधबार चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ सार्वजनिक भएको छ । उनको पहिलो गीत सार्वजनिक भएको हो।

रमेश बिजीको शब्द र खेम सेन्चुरीको लय रहेको गीतको म्युजिक भिडियोको निर्देशन शंकर बिसीले गरेका हुन्। गीतको बुधबार रिपोटर्स क्लब नेपालमा विमोचन गरिएको हो। गीतका प्रस्तुतकर्ता शम्भु कुँवरल गीत दर्शकले मन पराउने विश्वास व्यक्त गरे।

कलाकार तथा निर्देशक शंकर बिसीले आफूलाई उक्त गीत तयार पार्नको लागि चूनौती भएको सुनाए। उनले तीन घण्टामै भिडियो तयार पारेर चुनौतीको सामना गरेको उल्लेख गरे।

कमलाको पहिलो गीत शुभारम्भ डिजिटल म्युजिक प्रालिको लगानीमा बजामार आएको हो। कमलासँगै अमृत सापकोटाले गीतमा गीतमा आवाज दिएका छन्।

गीतमा नेपालका चर्चित चर्चित मोडलहरूले नृत्य गरेका छन्। भिडियोको छायांकन दुर्गा पौडेल र सुरेश श्रेष्ठले गरेका हुन्। भिडियो सम्पादन भने विकास ज्ञवालीले गरेका छन्।

हेर्नुस् भिडियो

सम्बन्धित खवर

Back to top button